T20WC : फाबियन एलेन प्रतियोगिताबाटै बाहिर

युएई र ओमानमा संयुक्तरुपमा जारि टि-ट्वान्टी विश्वकपबाट वेस्टइन्डिज अलराउण्डर फाबियन एलेन बाहिरीएका छन्।

आक्रामक ब्याट्सम्यान तथा देब्रे हाते स्पिनर एलेन एंकल इन्जुरी ( खुट्टाको जोर्नी ) का कारण बाहिरिएका हुन्। उनको स्थानमा वेस्टइन्डिजले १५ सदस्यीय टोलिमा अकिल होसेनलाई आवद्ध गरेको छ जो टिमसंग रिजर्भ खेलाडीको रुपमा युएई पुगेका थिए।

भरपर्दा अलराउण्डर एलेनको अनुपस्थितिको खबर दुई पटक टि-ट्वान्टी विश्वकप जितीसकेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई झट्काको रुपमा आएको छ। २६ वर्षीय एलेनले वेस्टइन्डिजको लागि २८ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने क्रममा २० विकेट लिनुको साथै १३८.८८ को स्ट्राइक रेटमा २५० रन बनाएका थिए।

एलेनको प्रतिस्थापन गर्ने २८ वर्षीय देब्रे हाते स्पिनर होसेनले देशको लागि यसै वर्ष डेब्यु गरेपछि ९ एकदिवसीय अन्तर्राष्ट्रिय र ६ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। करेबियन प्रिमियर लिगको गत सिजन होसेनले ११ खेलमा १५.९२ को औशतले १३ विकेट लिएका थिए। उनि भर्खरै सम्पन्न आईपीएलमा कोलकाता नाइट राइडर्सको नेट बलरको रुपमा आबद्ध थिए।

टि-ट्वान्टी विश्वकपमा वेस्टइन्डिजले सुपर-१२ चरणमा पहिलो खेल इंग्ल्यान्ड बिरुद्ध अक्टोबर २३ तारिखमा खेल्नेछ। वेस्टइन्डिज रहेको समुह १ मा अस्ट्रेलिया, दक्षिण अफ्रीका, इंग्ल्यान्ड सहित पहिलो चरणबाट आउने दुई टोलि हुनेछन्। प्रतियोगिता अघि आफ्नो पहिलो अभ्यास खेलमा वेस्टइन्डिज पाकिस्तानसंग ७ विकेटले पराजित गरेको थियो। दोश्रो अभ्यास खेलमा वेस्टइन्डिजले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ।

टि-२० विश्वकप २०२१ मा वेस्टइन्डिज टिम : Kieron Pollard (c), Nicholas Pooran (vc), Dwayne Bravo, Roston Chase, Andre Fletcher, Chris Gayle, Shimron Hetmyer, Evin Lewis, Obed McCoy, Ravi Rampaul, Lendl Simmons, Andre Russell, Oshane Thomas, Hayden Walsh & Akeal Hosein





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]