टि-२० विश्वकप : वेस्टइन्डिज पहिलो चरणबाटै बाहिर, आयरल्याण्ड सुपर-१२ मा

वेस्टइन्डिजलाई ९ विकेटले पराजित गर्दै आयरल्याण्ड अस्ट्रेलियामा जारी टि-२० विश्वकपको सुपर-१२ चरणमा प्रवेश गरेको छ। दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो चरणबाट घर फर्किने भएको छ। वेस्टइन्डिज पहिलो खेलमा स्कटल्याण्डसंग पराजित हुँदा दोश्र खेलमा जिम्बाब्वेलाई पराजित गरेको थियो।

होबार्टमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १४७ रनको लक्ष्य आयरल्याण्डले मात्र १ विकेट क्षेतीमा १७.३ ओभरमै भेटायो। आयरल्याण्डले पहिल खेलमा जिम्बाब्वे र दोश्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो।

आयरल्याण्ड ओपनर पल स्टरलिंग र एन्डी बालबर्नीले ७३ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कप्तान बालबर्नी ३७ रन बनाएर आउट भएपछि स्टरलिंगले लोर्कन टकरसंग ७७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। स्टरलिंगले अविजित ६६ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। टकरले ३५ बलमा २ चौका र २ छक्का मद्दतले ४५ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० भरमा ५ विकेट क्षेतीमा १४६ रन बनायो। उसको लागि ब्रेण्डन किंगले सर्वाधिक ६२ रन बनाए। जोन्सन चार्ल्सले २४, ओडेन स्मिथले १९  तथा इभिन लुइस र निकोलस पुरनले समान १३ रन बनाए। आयरल्याण्ड बलर गेरेथ डेलानिले ३ विकेट तथा ब्यारी म्याकार्थी र सिमि सिंहले १/१ विकेट लिए।

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्ड र   जिम्बाब्वे प्रतिस्पर्धा गर्दैछन् जुन खेलको विजेता टिम सुपर-१२ चरण प्रवेश गर्नेछ। समुह ‘ए’ बाट श्रीलंका र नेदरल्याण्ड सुपर-१२ चरण प्रवेश गरिसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy