रोमान्चक टेस्टमा वेस्टइन्डिजद्वारा इंग्ल्यान्ड पराजित

अत्यन्त रोमान्चक टेस्टमा घरेलु टिम इंग्ल्यान्ड बिरुद्ध वेस्टइन्डिजले जित दर्ता गर्दै तिन टेस्टको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

साउथह्याम्पटन, रोजबल स्टेडियममा सम्पन्न खेलमा पाँचौ दिन इंग्ल्यान्डले दिएको २०० रनको लक्ष्य भ्रमण टिमले ६ विकेट गुमाएर ४ विकेटले खेल जितेको हो। सन् २००० पछि वेस्टइन्डिजले इंग्ल्यान्डमा जितेको यो मात्र दोश्रो टेस्ट हो।

वेस्टइन्डिजको जितमा जर्माइन ब्ल्याकवुडले सर्वाधिक ९५ रन ( १५४ बलमा १२ चौका ) प्रहार गरे। यस्तै रोस्टन चेजले ३७ , शेन डोरिचले २० तथा जेसन होल्डरले अविजित १४ रन बनाए।


लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको वेस्टइन्डिजले २७ रनमै ३ विकेट गुमाएको थियो। क्त्यरेग ब्सराथवेट ४, शाइ होप ९ तथा शमराह ब्रुक्स खाता नखोली आउट भए। चौथो विकेटको रुपमा रोस्टन चेज र जर्माइन  ब्ल्याकवुडले चौथो विकेटको लागि ७३ रनको साझेदारी गरे। चेजलाई जोफ्रा आर्चरले ३७ रनको व्यक्तिगत योगफलमा आउट गरेपछि ब्ल्याकवुड र शेन डोरिचले ६८ रनको साझेदारी गर्दै वेस्टइन्डिजलाई जिततर्फ डोर्याए।

शतक बनाउन ५ रनले चुक्ने क्रममा ब्ल्याकवुडलाई बेन स्टोक्सले आउट छैठौं विकेटको रुपमा आउट गरेता पनि वेस्टइन्डिज जित नजिक पुगीसकेको थियो।

खेलको सुरुवातमै रिटायर्ड हर्ट भएका जोन क्याम्पवेल पुनः ब्याटिंगमा आए र कप्तान जेसन होल्डरले त्यसपछि टिमलाई जितसम्म पुर्याए। होल्डरले अविजित १४ तथा क्याम्पवेलले अविजित ८ रन बने।

इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चरले ३ , बेन स्टोक्सले २ तथा मार्क वुडले १ विकेट लिए।


टेस्टको पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन बनाएको थियो। वेस्टइन्डिजले पहिलो इनिंगमा ३१८ रन बनाउदै ११४ रनको अग्रता लिएको थियो। दोश्रो इनिंगमा सुधारिएको ब्याटिंग गरेको इंग्ल्यान्डले ३१३ रन बनाएपछि वेस्टइन्डिजले २०० रनको लक्ष्य पाएको थियो।


सिरिज अन्तर्गत दोश्रो टेस्ट जुलाई १६ मा ओल्ड ट्र्याफर्डमा खेलिनेछ। सोहि मैदानमा जुलाई २४ बाट तेश्रो टेस्ट खेलिनेछ।

यो पनि पढ्नुस :- 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]