रोमान्चक टेस्टमा वेस्टइन्डिजद्वारा पाकिस्तान १ विकेटले पराजित

रोमान्चक खेलमा पाकिस्तानलाई १ रनले पराजित गर्दै घरेलु टोलि वेस्टइन्डिजले पाकिस्तान बिरुद्ध दुई टेस्टको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। जमैका स्थित सबिना पार्क मैदानमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १६८ रनको लक्ष्य वेस्टइन्डिजले ९ विकेट क्षेतीमा ५६.५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा शाहिन अफ्रिदीले ३ विकेट लिंदा वेस्टइन्डिजले पहिलो ३ विकेट १६ रनमा गुमाएको थियो। रोस्टन चेज र जर्माइन ब्ल्याकवुडले ६८ रनको साझेदारी गरे। २२ रन बनाएका चेजलाई फहीम अशरफले क्याच आउट गराउदै पाकिस्तानलाई खेलमा फर्काए। त्यसपछि पुनः पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो। ५५ रन बनाएका ब्ल्याकवुडलाई हसन अलिले क्याच आउट गराए। कायल मेयर्स र जेसन होल्डर लामो समय क्रिजमा जम्न सकेनन् फलस्वरुप वेस्टइन्डिज ११४/७ को अवस्थामा पुग्यो।

आठौं विकेटको लागि जोशुवा डी सिल्भा र केमार रोचले २८ रनको साझेदारी गरे। १३ रन बनाएका डी सिल्भालाई शाहिन अफ्रिदीले क्याच आउट गराए। त्यसपछि जोमेल वरीक्यान लामो समय क्रिजमा जम्न सकेनन् फलस्वरुप अन्तिम विकेट बाँकी रहंदा जित्न वेस्टइन्डिजलाई १७ रन आवस्यक रह्यो। रोचले एक किनार सम्हालीरहे र जेडन सेल्ससंग साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। रोचले अविजित ३० रन बनाए जुन क्रममा ५२ बलमा १ चौका तथा सेल्सले १३ बलमा अविजित २ रन बनाए।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले ४ ( १७-४-५०-४ ) , हसन अलिले ३ ( १६.५-५-३७-३ ) तथा फहीम अश्रफले २ ( ८-१-२९-२ ) विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले २१७ रन बनाएको थियो भने वेस्टइन्डिजले २५३ रन बनाएको थियो। दोश्रो इनिंग्समा पाकिस्तानले २०३ रन बनाएको थियो।

खेलको प्लेयर अफ द म्याच दायाँ हाते पेसर जेडन सिल्स चुनिए जसले पहिलो इनिंग्समा ३ र दोश्रो इनिंग्समा ५ गरि कुल ८ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल अगस्ट २० तारिख देखि जमैकामा सुरु हुनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]