पोलार्डको आक्रामक ब्याटिंगमा वेस्टइन्डिज विजयी, सिरिज बराबरी

२०७८ असार १८, शुक्रबार ०९:१६

दक्षिण अफ्रीकालाई चौथो खेलमा २१ रनले पराजित गर्दै वेस्टइन्डिजले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकि रहंदा २-२ को बराबरी गरेको छ।

सेन्ट जर्ज ग्रेनाडा स्थित नेसनल स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा भ्रमण टोलि दक्षिण अफ्रीकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १४६ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ६० रन बनाए जुन क्रममा ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। एडेन मारक्रमले २०, कागीसो आरबाडाले अविजित १६ तथा डेभिड मिलरले १२ रन योगदान दिए।

डीकक क्रिजमा हुँदा १७ ओभरमा १२६/६ को अवस्थामा रहेको दक्षिण अफ्रिकी इनिंग्सलाई १८ औं ओभरमा ड्वेन ब्राभोले डीकक सहित तिन विकेट लिंदै तहसनहस पारे।

ड्वेन ब्राभोले ४ विकेट ( ४-०-१९-४ ) लिंदा आन्द्रे रसेल ( ४-०-३०-२ ) तथा क्रिस गेल, ओबेद म्याकोय र काइरन पोलार्डली समान १ विकेट लिए। यो ब्राभोको टि-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट बलिंग प्रदर्शन हो।


यस अघि टस हारेर ब्याटिंग गरेको घरेलु टोलिले २० ओभरमा ६ विकेट क्षेतीमा १६७ रन बनाएको थियो। उसको लागि कप्तान काइरन पोलार्डले सर्वाधिक अविजित ५१ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै लेन्डल सिमोन्सले ३४ बलमा ४ चौका र ४ छक्का मद्दतले ४७ रन बनाए। फाबीयन एलेनले अविजित १९ तथा निकोलस पुरनले १६ रन योगदान दिए।

१०१ रन बनाउदा ६ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा आएका पोलार्ड र एलेनले २७ बलमा ६१ रनको साझेदारी गरेका थिए। पोलार्डले यस क्रमा रबाडाले गरेको १९ औं ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। अन्तिम ओभरमा लुंगी एनगीडीलाई छक्का हिर्काउदै उनले मात्र २४ बलमा अर्धशतक पुरा गरेका थिए।

दक्षिण अफ्रीकाको बलिंगमा जर्ज लिंडे ( ४-०-१६-२ ) र तब्रेज शाम्सीले ( ४-०-१३-२ ) ले समान २ विकेट लिए। यस्तै एनरिक नोर्किया र कागीसो रबाडाले समान १ विकेट लिए।

सिरिज अन्तर्गत निर्णायक पाँचौ खेल जुन ३ तारिख शनिवार खेलिनेछ। सिरिज अन्तर्गत पहिलो टि-२० वेस्टइन्डिजले ८ विकेटले जितेको थियो जसपछि दोश्रो र तेश्रो टि-२० दक्षिण अफ्रीकाले क्रमशः १६ र १ रनले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy