जिम्बाबेलाई पहिलो हार चखाउदै वेस्ट इन्डिज शिर्षस्थानमा

  • विकेटनेपाल, चैत्र ६ – मंगलबार

जिम्बाबेमा जारि विश्वकप छनौट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न सुपर सिक्स चरणको खेलमा वेष्ट इन्डिजले घरेलु टिम जिम्बाबे माथि रोमान्चक जित दर्ता गरेको छ। यस जितसंगै वेष्ट इन्डिज अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने पहिलो हार पछि जिम्बाबे दोश्रो स्थानमा रहेको छ।

हरारे मैदानमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २९० रनको लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर ४९ ओभरमा पुरा गरेको थियो। वेष्ट इन्डिजको जितमा मार्लोन स्यामुल्सले ८० बलमा ८६ रन (६ चौका र ४ छक्का) बनाए। उनले शाही होपसंग तेश्रो विकेटको लागि १३५ रनको म्याच जिताउ सम्झेदारी गरे। शाही होपले ९७ बलमा ७६ रन (५ चौका र १ छक्का) बनाए। त्यसैगरी ओपनर ब्याट्सम्यान इभिन लेविसले ७५ बलमा ६४ रनको ( ७ चौका र १ छक्का) योगदान दिए।

जिम्बाबेका लागि कप्तान ग्रेम क्रिमर र ब्लेसिन मुजारबानीले २/२ विकेट लिए भने  सिकन्दर राजा र सेन विलियम्सले १-१ विकेट आफ्नो नाममा परे।

यसअघि टस जितेर पहिलो ब्याटिंग गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २८९ रन बनाएको थियो। उसका लागि विकेट-किपर ब्याट्सम्यान ब्रेण्डन टेलरले शानदार शतक प्रहार गरेका थिए। यसक्रममा उनले १२४ बलको सामना गर्दै १३८ रन बनाए जसमा २० चौका र २ छक्का सामेल थियो। उनले चौथौ विकेटका लागि सेन विलियम्स (३४ रन) संग ७६ रन र पाँचौ विकेटका लागि सिकन्दर राजा (२२ रन) संग ७९ रनको महत्पूर्ण सम्झेदारी गरे। त्यसैगरी ओपनर ब्याट्सम्यान सोल्मोन मिरे ४५ रन जोडे।

बलिंगतर्फ कप्तान जासन होल्डर एक्लैले ४ विकेट हात परे। उनले १० ओभेरको स्पेलमा ३५ रन खर्चेका लिए। त्यसैगरी केमार रोचले ३ तथा किमो पलले २ विकेट निकाले। खेलमा उत्कृस्ट ब्याटिंग गरेका मार्लोन स्यामुल्स प्लेयर अफ दि म्याच घोषित भए ।

फोटोहरु : – ( आईसीसी)

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy