दक्षिण अफ्रीका बिरुद्ध वेस्टइन्डिजको इतिहासकै कमजोर ब्याटिंग

दक्षिण अफ्रीकाको वेस्ट इंडीज भ्रमण अन्तर्गत दुई वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट सेन्ट लुसियामा सुरु भएको छ।

टेस्टमा टस जितेर ब्याटिंग गरेको घरेलु टोलिले पहिलो इनिंग्समा ४०.५ ओभरमा ९७ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ। दक्षिण अफ्रीकाले पहिलो इनिंग्स सुरु गरिसकेको छ र पहिलो दिनको समाप्तिमा ४३ ओभरमा १२८ रन बनाउदा ४ विकेट गुमाएको छ। घरेलु टोलिले ३१ रनको अग्रता हाँसिल गरेको छ।

दक्षिण अफ्रीकाको लागि एडेन मारक्रमले सर्वाधिक ६० रन योगदान दिएर आउट भए भने रसी भान डर डुसेन ३४ रनमा अविजित रहेका छन्। मारक्रम र डुसेनले तेश्रो विकेटको लागि ७९ रनको साझेदारी गरेका थिए। दिनको समाप्तिमा डुसेन संगै क्विन्टन डीकक ४ रन बनाएर खेली रहेका छन्।

वेस्टइन्डिजको बलिंगमा डेब्यु गरिरहेका पेसर जेडन सिल्सले ३ विकेट ( ११-३-३४-३ ) तथा केमार रोचले १ विकेट ( १०-२-२७-१ ) लिएका छन्।

वेस्टइन्डिज इतिहासकै कमजोर 

टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले टेस्ट क्रिकेट इतिहासमै दक्षिण अफ्रीकासंग सबैभन्दा कमजोर ब्याटिंग गर्दै ९७ रन मात्र बनाउन सकेको हो। वेस्टइन्डिज टेस्ट इतिहासमै १०० रन भन्दा कममा समेटिन पुगेको यो १९ औं पटक हो।

यस अघि दक्षिण अफ्रीका बिरुद्ध वेस्टइन्डिजको सबैभन्दा कम योगफल १०२ रन थियो जुन सन् २०१० मा बनेको थियो। सन् २००० पछि वेस्टइन्डिज १०० रन भन्दा कममा समेटिन पुगेको यो छैठौं पटक हो। सन् २००४ मा इंग्ल्यान्डसंग वेस्टइन्डिज ४७ रनमा समेटिन पुगेको थियो जुन टेस्टमा वेस्टइन्डिजको सबैभन्दा कम योगफल हो।

वेस्टइन्डिजको लागि जेसन होल्डरले सर्वाधिक २० रन योगदान दिए। यस्तै कार्लोस ब्राथवेट र शाइ होपले समान १५ रन, रखिम कर्नवालले १३ रन तथा क्रुमाह बोनरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रीकाको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १३.५ ओभर बलिंग गर्दै ७ मेडन ओभर सहित १९ रन खर्चिए। यस्तै एनरिक् नोर्कियाले ४ विकेट ( ११-३-३५-४ ) र कागीसो रबाडाले १ विकेट ( १०-२-२४-१ ) लिए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]