T20WC : दक्षिण अफ्रीकाद्वारा वेस्टइन्डिज सहजै पराजित

वेस्टइन्डिजलाई ८ विकेटले सहजै पराजित गर्दै दक्षिण अफ्रीकाले टि-२० विश्वकपको सुपर-१२ चरणमा पहिलो जित दर्ता गरेको छ। दक्षिण अफ्रीका पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्यान्डसंग पराजित भएको वेस्टइन्डिजको यो लगातार दोश्रो हार हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले मात्र २ विकेट क्षेतीमा १० बल बाँकी रहँदै पुरा गर्यो। दक्षिण अफ्रीकाको लागि एडेन मारक्रमले सर्वाधिक ५१ रन बनाए जुन क्रममा मात्र २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै रसि भान डर डुसेनले अविजित ४३ तथा रेजा हेन्ड्रिक्सले ३९ रन बनाए।

कप्तान बभुमा पहिलो ओभरमा रन आउट भएपछि दोश्रो विकेटको लागि रेजा हेन्ड्रिक्स र रसी भान डर डुसेनले ५७ रन जोडे। हेन्ड्रिक्स दशौँ ओभरमा आउट भएपछि डुसेनले एडेन मारक्रमसंग अविजित ८३ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनाएको थियो। उसको लागि ओपनर इभिन लुइसले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। काईरन पोलार्डले २६, लेन्डल सिमोन्सले १६, निकोलस पुरन र क्रिस गेलले समान १२ रन बनाए।

सिमोन्स र लुइसले ७३ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि मध्यक्रम र तल्लो क्रम ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउदा वेस्टइन्डिजले ठूलो योगफल बनाउन सकेन। कप्तान काईरन पोलार्ड र क्रिस गेलले चौंथो विकेटको लागि ४२ रन जोडे। वेस्टइन्डिजले अन्तिम ५ ओभरमा ५ विकेट गुमाएर ४८ रन बनायो।

दक्षिण अफ्रिकी बलर ड्वेन प्रिटोरिसले सर्वाधिक ३ विकेट ( २-०-१७-३ ), केशव महाराजले ( ४-०-२५-२ ) २ विकेट लिए भने कागिसो रबाडा ( ४-०-२७-१ ), एनरिक् नोर्कियाले ( ४-०-१४-१ ) ले समान एक विकेट लिए।

दक्षिण अफ्रीकाले आगामी खेल अक्टोबर ३० तारिखमा श्रीलंकासंग खेल्नेछ। वेस्टइन्डिजले अक्टोबर २९ तारिखमा बंगलादेशसंग खेल्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]