भारत बिरुद्ध एकदिवसीय सिरिजको लागि वेस्टइन्डिज टिमको घोषणा

भारत बिरुद्ध तिन खेलको एकदिवसीय सिरिजको लागि वेस्टइन्डिजले  टिमको घोषणा गरेको छ। वेस्टइन्डिज ६ देखि २० जानकारीसम्म भारत भ्रमणमा रहनेछ सो क्रममा तिन वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज समेत खेल्नेछ।

वानडे सिरिजको लागि वेस्टइन्डिजले अनुभवी पेसर केमार रोच, मध्यक्रम ब्याट्सम्यान एनक्रुमा बोनर तथा ओपनर ब्रेण्डन किंगलाई पुनरागमन गराएको छ।

रोचले वेस्टइन्डिजको लागि ९२ वानडेमा १२४ विकेट लिईसकेका छन्। बोनरले गत वर्ष बंगलादेश बिरुद्ध एकदिवसीय डेब्यु गरेका थिए जसपछि हालसम्म तिन खेल खेलीसकेका छन्। किंगले मात्र चार एकदिवसीय खेलेका छन्।

भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज फेब्रुअरी ६, ९ र ११ तारिखमा नरेन्द्र मोदी स्टेडियम अहमदावादमा खेलिनेछ। यो सिरिज आईसीसीको एकदिवसीय सुपर लिगको हिस्सा रहेको छ। टि-२० सिरिज फेब्रुअरी १६, १८ र २० तारिखमा खेलिनेछ।

घोषित वेस्टइन्डिज एकदिवसीय टिम : काइरन पोलार्ड ( कप्तान ) , फाबीयन एलेन, एनक्रुमाह बोनर डेरेन ब्राभो, शमराह ब्रुक्स, जेसन होल्डर, शाई होप, अकेल होसेन, अल्जारी जोसेफ, ब्राण्डन किंग, निकोलस पुरन, केमार रोच, रोमारियो शेफर्ड, ओडेन स्मिथ, हेडन वाल्श जेआर.





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]