भारत बिरुद्ध एकदिवसीय सिरिजको लागि वेस्टइन्डिज टिमको घोषणा

भारत बिरुद्ध तिन खेलको एकदिवसीय सिरिजको लागि वेस्टइन्डिजले  टिमको घोषणा गरेको छ। वेस्टइन्डिज ६ देखि २० जानकारीसम्म भारत भ्रमणमा रहनेछ सो क्रममा तिन वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज समेत खेल्नेछ।

वानडे सिरिजको लागि वेस्टइन्डिजले अनुभवी पेसर केमार रोच, मध्यक्रम ब्याट्सम्यान एनक्रुमा बोनर तथा ओपनर ब्रेण्डन किंगलाई पुनरागमन गराएको छ।

रोचले वेस्टइन्डिजको लागि ९२ वानडेमा १२४ विकेट लिईसकेका छन्। बोनरले गत वर्ष बंगलादेश बिरुद्ध एकदिवसीय डेब्यु गरेका थिए जसपछि हालसम्म तिन खेल खेलीसकेका छन्। किंगले मात्र चार एकदिवसीय खेलेका छन्।

भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज फेब्रुअरी ६, ९ र ११ तारिखमा नरेन्द्र मोदी स्टेडियम अहमदावादमा खेलिनेछ। यो सिरिज आईसीसीको एकदिवसीय सुपर लिगको हिस्सा रहेको छ। टि-२० सिरिज फेब्रुअरी १६, १८ र २० तारिखमा खेलिनेछ।

घोषित वेस्टइन्डिज एकदिवसीय टिम : काइरन पोलार्ड ( कप्तान ) , फाबीयन एलेन, एनक्रुमाह बोनर डेरेन ब्राभो, शमराह ब्रुक्स, जेसन होल्डर, शाई होप, अकेल होसेन, अल्जारी जोसेफ, ब्राण्डन किंग, निकोलस पुरन, केमार रोच, रोमारियो शेफर्ड, ओडेन स्मिथ, हेडन वाल्श जेआर.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy