अफगानिस्तानद्वारा वेस्टइन्डिज सहजै पराजित, नाबीको घातक बलिंग

टि-ट्वान्टी विश्वकपको वार्म अप खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको छ।

युएईको अबुधाबी स्थित आईसीसी एकेडेमी मैदानमा अफगानिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १३३ रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा २७ रनमै सुरुवाती ३ विकेट गुमाएपछि अफगानिस्तान खेलमा हावी रह्यो। मोहम्मद नाबीले लेन्डल सिमोन्स, इभिन लुइस र शिमरन हेटमायरलाई सुरुवातमै पेभेलियन फर्काए। रोस्टन चेजले अविजित ५४ रन तथा निकोलस पुरनले ३५ रन बनाएता पनि जितको लागि प्रयाप्त रहेन। चेज र पुरनले ५० रनको साझेदारी गरेता पनि अफगानिस्तान स्पिनरहरुले किफायती बलिंग गर्दा वेस्टइन्डिजले खुलेर रन बनाउन सकेन।

अफगानिस्तानको बलिंगमा कप्तान मोहम्मद नाबीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २ मेडन ओभर गर्दै मात्र २ रन खर्चिए। नाभिन उल हक र करिम जनतले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।

अफगानिस्तानको लागि ओपनर हज्र्तुल्लाह जजाईले सर्वाधिक ५६ रन तथा मोहम्मद शाहजादले ५४ रन बनाए। जजाईले ३५ बलमा ८ चौका र २ छक्का तथा शाहजादले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। रहमनुल्लाह गुर्बजले ३३ तथा नजीबुल्लाह जद्रानले २३ रन बनाए। शाहजाद र जजाईले ९० रनको ओपनिंग साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएका थिए। दुवै आउट भएपछि गुर्बज र जद्रानले तेश्रो विकेटको लागि ५० रन जोडेका थिए।

वेस्टइन्डिजको बलिंगमा ओबेद म्याकोयले २ विकेट तथा रभी रामपौल, हेडन वाल्श र आन्द्रे रसेलले समान १ विकेट लिए।

विश्वकपको सुपर-१२ चरण अन्तर्गत अफगानिस्तान समुह २ मा रहेको छ जुन समुहमा भारत, पाकिस्तान, न्युजिल्यान्ड तथा समुह चरणबाट आउने दुई टिम हुनेछन्। अफगानिस्तानले अक्टोबर २५ तारिखमा समुह समुह ‘बि’ को विजेतासंग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।  सुपर-१२ चरणमा समुह १ मा रहेको वेस्टइन्डिजको समुहमा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीका सहित समुह चरणबाट आउने दुई टोलि हुनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy