वेस्टइन्डिजद्वारा अस्ट्रेलिया ४ विकेटले पराजित, सिरिज बराबरी

२०७८ श्रावण १०, आईतवार ०७:४४

दोश्रो खेल मा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै घरेलु टोलि वेस्टइन्डिजले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ।

बार्बेडोस स्थित केनिंगटन ओभलमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य वेस्टइन्डिजले ६ विकेट क्षेतीमा १२ ओभर बाँकी रहँदै भेटायो।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजको सुरुवात राम्रो हुन सकेन जुन क्रममा ७२ रनमै सुरुवाती ५ विकेट गुमाउन पुग्यो। त्यसपछि निकोलस पुरन र जेसन होल्डरले छैठौं विकेटको लागि ९३ रनको उत्कृस्ट साझेदारी गरे। होल्डरलाई ३५ औं ओभरमा स्टार्कले एलबिडब्लु गरेपछि पुरनले अल्जारी जोसेफसंग अविजित २६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

निकोलस पुरनले अविजित ५९ रन बनाउने क्रममा ७५ बलमा २ चौका र २ छक्का प्रहार गरे। पुरनले एकदिवसीय अन्तर्राष्ट्रियमा २७ इनिंग्समा १ हजार रन पुरा गर्दै १ हजार रन बनाउने तेश्रो छिटो वेस्टइन्डिज क्रिकेटर बने।  जेसन होल्डरले ५२ रन तथा शाई होपले ३८ रन बनाए।


अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक ३ विकेट ( १०-१-२६-३ ) तथा एडम जम्पाले २ र एस्टन एगरले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८७ रन बनाएको थियो।

अत्यन्त खराब सुरुवात गर्ने क्रममा अस्ट्रेलियाले ४५ रनमै सुरुवाती ६ विकेट गुमाउन पुगेको थियो। त्यसपछि म्याथु वेडले सातौँ विकेटको लागि मिचेल स्टार्कसंग ५१ रनको तथा एडम जाम्पासंग ३२ रनको साझेदारी गरे। वेडको विकेटपछि जाम्पाले वेस्टन एगरसंग ४९ रनको साझेदारी गरे।

वेस्टन एगर र एडम जाम्पाले करियरकै व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा क्रमशः ४१ र ३६ रन बनाए। म्याथु वेडले ३६ रन तथा मिचेल स्टार्कले १९ रन बनाए।


वेस्टइन्डिजको बलिंगमा दायाँ हाते पेसर अल्जारी जोसेफले ३ विकेट ( ८.१-०-३९-३ ) तथा बायाँ हाते स्पिनर अकिल होसेनले ( १०-०-३०-३ ) समान ३ विकेट लिए। शेल्डन कटरेलले २ तथा जेसन होल्डर र हेडन वाल्सले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल अस्ट्रेलियाले १३३ रनले जितेको थियो। सिरिजको निर्णायक खेल जुलाई २६ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy