पावेलको आक्रामक शतक, वेस्टइन्डिजलाई अग्रता

भ्रमण टोलि इंग्ल्यान्डलाई तेश्रो खेलमा गय राति २० रनले पराजित गर्दै वेस्टइन्डिजले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ।

बार्बेडोस स्थित केनसिंगटन ओभलमा वेस्टइन्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभर पुरै ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २०४ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डको ब्याटिंगमा ओपनर टिम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। फिलिप साल्टले २४ बलमा ३ चौका र ५ छक्क मद्दतले ५७ रन बनाए। जेसन रोयए १९ तथा जेम्स भिन्सले १६ रन बनाए। वेस्टइन्डिज बलर रोमारियो शेफर्डले ३ विकेट ( ४-०-५९-३ ), काईरन पोलार्डले २ ( ४-०-३१-२ ) तथा शेल्डन कटरेल, जेसन होल्डर र अकेल होसेनले समान एक विकेट लिए।

टस हारेर पहिले ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ५ विकेट क्षेतीमा २२४ रन बनाएको थियो। उसको लागि चौंथो नम्बरमा ब्याटिंग गरेका रोभम्यान पावेलले करियरको पहिलो शतक बनाउने क्रममा मात्र ५३ बलमा ४ चौका र १० छक्का प्रहार गर्दै १०७ रन बनाए। यस्तै निकोलस पुरनले ४३ बलमा ४ चौका र ५ छक्का मद्दतले ७० रन बनाए। पावेल र पुरनले तेश्रो विकेटको लागि १२२ रनको साझेदारी गरे।

इंग्ल्यान्ड बलर रिस टपले, जर्ज गार्टन, टाईमल मिल्स, लियाम लिभिंगस्टोन र आदील रशिदले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वेस्टइन्डिजले ९ विकेटले तथा दोश्रो खेल इंग्ल्यान्डले २० रनले जितेको थियो। सिरिजको चौंथो र पाँचौ खेल २९ र ३० जनवरीमा खेलिनेछ। त्यसपछि दुई देशले तिन वटा टेस्टको सिरिज खेल्ने तालिका छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]