भारतको अपराजित यात्रा जारि, वेस्टइन्डिजको सेमीफाइनल सम्भावना सकियो

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा उसले वेस्ट इन्डिजलाई सहजै १२५ रनले सहजै पराजित गर्यो।

जित पछि भारतको ६ खेलमा ५ जित र १ बराबरी अंकसहित ११ अंक पुगेको छ र अंकतालिकामा दोश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डको पनि ७ खेलमा ११ अंक रहेको छ भने अस्ट्रेलिया ७ खेलमा १२ अंक सहित शिर्षस्थानमा रहेको छ।

वेस्ट इन्डिजको भने ७ खेलमा मात्र १ जित र ४ हार बेहोर्दै सेमीफाइनल पुग्ने झिनो सम्भावना सकिएको छ। यस अघि अफगानिस्तान र दक्षिण अफ्रीका सेमीफाइनल रेसबाट बाहिरिसकेका छन्।

भारतले यस अघि अफगानिस्तानलाई ११ रनले, पाकिस्तानलाई ८९ रनले, अस्ट्रेलियालाई ३६ रनले तथा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको थियो भने न्युजिल्याण्डसंगको खेल नतिजाविहिन रहेको थियो। भारतले अब आगामी खेल इंग्ल्याण्डसंग जुन ३० तारिकमा, बंगलादेशसंग जुलाई २ तारिकमा र श्रीलंकासंग जुलाई ६ तारिकमा खेल्ने तालिका रहेको छ।

वेस्टइन्डिजको कमजोर ब्याटिंग

भारतले पहिले ब्याटिंग गर्दै दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले ३४.२ ओभरमा १४३ रनमै सबै विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले कमजोर सुरुवात गर्यो। क्रिस गेल ६ तथा शाइ होप ५ रन बनाएर शामीको शिकार बने।

त्यसपछि तेश्रो विकेटको रुपमा सुनिल एम्ब्रिस र निकोलस पुरनले ५५ रनको साझेदारी गरे। एम्ब्रिसलाई १८ औं ओभरमा हार्दिक पान्ड्याले एलबिडब्लु गरेपछि वेस्ट इन्डिजले लगातार विकेट गुमायो।

निकोलस पुरन २८, शिमरन हेटमेयर १८, कप्तान जेसन होल्डर ६ तथा कार्लोस ब्राथवेट १ रन बनाएर आउट भए। अन्तिममा केमर रोचले १४ , शेल्डन कटरेलले १० तथा ओशें थोमसले ६ रन बनाएर भारतको जितको प्रतीक्षा लम्ब्याए।

मोहम्मद शामीले थोमसलाई अन्तिम विकेटको रुपमा आउट गरे। फलस्वरूप ३४.२ ओभरमा वेस्ट इन्डिज १४३ रनमा समेटिन पुग्यो।

शामीले ४ विकेट लिने क्रममा ६.२ ओभरमा १६ रन मात्र खर्चिए। यस्तै जस्प्रित बुम्रा ( ६-१-९-२ ) , युझभेंद्र चाहल ( ७-०-३९-२ ) ले २/२ विकेट तथा हार्दिक पान्ड्या ( ५-०-२८-१ ) र कुलदिप यादब ( ९-१-३५-१ ) ले १/१ विकेट ल्यिए।

१८ ओभरमा ७१/३ को अवस्थामा रहेको वेस्ट इन्डिजले थप ७३ रन जोड्दा बाँकी ७ विकेट पनि गुमाउन पुग्यो।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा भारतले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो। भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ७२, महेन्द्र सिंह धोनीले अविजित ५६, लोकेश राहुलले ४८ तथा हार्दिक पान्ड्याले ४६ रन बनाएका थिए।

India’s Hardik Pandya bats during the 2019 Cricket World Cup group stage match between West Indies and India at Old Trafford in Manchester, northwest England, on June 27, 2019. (Photo by Dibyangshu Sarkar / AFP) / RESTRICTED TO EDITORIAL USE (Photo credit should read DIBYANGSHU SARKAR/AFP/Getty Images)

वेस्ट इन्डिजको बलिंगमा केमर रोचले ३ तथा शेल्डन कटरेल र जेसन होल्डरले २/२ विकेट लिए।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]