टी-२० विश्वकप : वेस्ट इन्डिज र न्युजिल्यान्ड खेल्दै

२०८१ जेष्ठ ३०, बुधबार २०:५९

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा बिहीबार बिहान २६ औं खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको २६ औं खेलमा समूह सी मा रहेका न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार बिहीबार बिहान सवा छ मा वेस्ट इन्डिजको ट्रिनिडाडमा हुदैछ ।

पहिलो खेलमा अफगानिस्तान फराकिलो अन्तरले पराजित न्युजिल्यान्डलाई सुपर आठमा स्थान बनाउँन यो खेल महत्वपुर्ण रहेको छ । उता, सुरुआती दुवै खेलमा विजयी सहआयोजक वेस्ट इन्डिज यो खेल जितेर सुपर आठमा स्थान पक्का गर्न चाहन्छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह सी मा न्युजिल्यान्ड र वेस्ट इन्डिजका अलावा पपुवा न्यु गिनी (पीएनजी), अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy