होल्डरको घातक बलिंग, राम्रो सुरुवातका बाबजुद पाकिस्तानको मध्यम योगफल

२०७८ श्रावण १६, शनिबार २२:५१

पाकिस्तानको वेस्टइन्डिज भ्रमण अन्तर्गत ४ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न पाकिस्तानले वेस्टइन्डिजलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

गायनाको प्रोभीडेन्स स्टेडियममा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १५७ रन बनाएको हो।

ओपनर शर्जिल खान र मोहम्मद रिजवानले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए। २० रन बनाएका खानलाई जेसन होल्डरले क्याच आउट गराए। दोश्रो विकेटको लागि रिजवान र कप्तान बाबर आजमसंग ६७ रन जोडे। १५ औं ओभरमा रिजवान रन आउट हुन पुगे जसले ३६ बलमा २ चौका र २ छक्का मद्दतले ४६ रन बनाए।

अर्धशतक पुरा गरेका बाबर आजमलाई १७ औं ओभरको पहिलो बलमा जेसन होल्डरले निकोलस पुरनबाट क्याच आउट गराए। आजमले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे।


१८ औं ओभरमा ड्वेन ब्राभोले ६ रन बनाएका मोहम्मद हफिज र १५ रन बनाएका फखर जमानलाई क्याच आउट गराए। लगत्तै ओभरमा जेसन होल्डरले हसन अलि र सोहेब मक्सुद दुवैलाई खाता नखोल्दै पेभेलियन फर्काए जसपछि वेस्टइन्डिज पूर्णता हावी रह्यो। इनिंग्सको अन्तिम ३ ओभरमा पाकिस्तानले ५ विकेट गुमाउदा योगफलमा १८ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजको बलिंगमा जेसन होल्डरले सर्वाधिक ४ विकेट लिने क्रममा ४ ओभरमा २६ रन खर्चिए। ड्वेन ब्राभोले २ विकेट लिने क्रममा ४ ओभरमा २४ रन खर्चिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy