दोश्रो खेलमा घरेलु टोलि वेस्टइन्डिजलाई ७ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता लिएको छ।
गायना स्थित प्रोभीडेन्स स्टेडियममा पाकिस्तानले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले पुरै २० ओभर ब्याटिंग गरेता पनि ४ विकेट क्षेतीमा १५० रन मात्र बनाउन सक्यो।
वेस्टइन्डिज ओपनर आन्द्रे फ्लेचर खाता नखोली मोहम्मद हफिजबाट बोल्ड भए भने तथा क्रिस गेल २० बलमा १६ रन बनाएर हसन अलिबाट बोल्ड भए। तेश्रो विकेटको लागि ओपनर इभिन लुइसले शिमरन हेटमायरसंग ३९ रन जोडे। १२ औं ओभरमा हेटमायर १७ रन बनाएर मोहम्मद वासिमबाट बोल्ड भए। ३३ रन बनाएर एक किनार सम्हालीरहेका लुइस घाइते हुँदै मैदान बाहिर भए।
त्यसपछि क्रिजमा निकोलस पुरन र कप्तान काईरन पोलार्ड आए। जितको लागि ३० बलमा ७४ रन आवस्यक हुँदा पुरनले १६ औं ओभरमा मोहम्मद वासिमलाई २ छक्का र १ चौका प्रहार गर्दै आवस्यक रन गति कम गरे। १७ औं ओभरमा हसन अलिले १० रन तथा शाहिन अफ्रिदीले ११ रन खर्चिए जसपछि १२ बलमा जित्न ३५ रन आवस्यक रह्यो।
हसन अलिले गरेको १९ औं ओभरमा पुरनले २ छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पुरा गरे। ओभरमा अलिले १५ रन खर्चिए जसपछि अन्तिम ओभरमा जित्न २० रन आवस्यक रह्यो। अन्तिम ओभरको दोश्रो बलमा शाहिन अफ्रिदीले १३ रन बनाएका पोलार्डलाई क्याच आउट गराए भने पहिलो ४ बलमा मात्र २ रन खर्चिए। पुरनले पाँचौ बलमा चौका र छैठौं बलमा छक्का प्रहार गरेता पनि टिमलाई जित दिलाउन सकेनन्। पुरनले अविजित ६२ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।
पाकिस्तानको बलिंगमा मोहम्मद हफिजले कन्जुस्याइँपूर्ण बलिंग गर्ने क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ६ रन मात्र खर्चेर १ विकेट लिए। शाहिन अफ्रिदी, हसन अलि र मोहम्मद वासिमले पनि समान १ विकेट लिए।
The Spin King! An incredible four-over spell by @MHafeez22, 4-1-6-1 🙌🙌🙌#HarHaalMainCricket | #BackTheBoysInGreen | #WIvPAK pic.twitter.com/sHB6muai89
— Pakistan Cricket (@TheRealPCB) July 31, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १५७ रन बनाएको थियो।
ओपनर शर्जिल खान र मोहम्मद रिजवानले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए। २० रन बनाएका खानलाई जेसन होल्डरले क्याच आउट गराए। दोश्रो विकेटको लागि रिजवान र कप्तान बाबर आजमसंग ६७ रन जोडे। १५ औं ओभरमा रिजवान रन आउट हुन पुगे जसले ३६ बलमा २ चौका र २ छक्का मद्दतले ४६ रन बनाए।
अर्धशतक पुरा गरेका बाबर आजमलाई १७ औं ओभरको पहिलो बलमा जेसन होल्डरले निकोलस पुरनबाट क्याच आउट गराए। आजमले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे।
A superb bowling display by @Jaseholder98 earns him his career-best figures! 👏🏽🌴#WIvPAK #MissionMaroon pic.twitter.com/NjH34GxMqG
— Windies Cricket (@windiescricket) July 31, 2021
१८ औं ओभरमा ड्वेन ब्राभोले ६ रन बनाएका मोहम्मद हफिज र १५ रन बनाएका फखर जमानलाई क्याच आउट गराए। लगत्तै ओभरमा जेसन होल्डरले हसन अलि र सोहेब मक्सुद दुवैलाई खाता नखोल्दै पेभेलियन फर्काए जसपछि वेस्टइन्डिज पूर्णता हावी रह्यो। इनिंग्सको अन्तिम ३ ओभरमा पाकिस्तानले ५ विकेट गुमाउदा योगफलमा १८ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजको बलिंगमा जेसन होल्डरले सर्वाधिक ४ विकेट लिने क्रममा ४ ओभरमा २६ रन खर्चिए। ड्वेन ब्राभोले २ विकेट लिने क्रममा ४ ओभरमा २४ रन खर्चिए।
सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो। सिरिजको तेश्रो खेल अगस्ट १ र चौथो खेल अगस्ट ३ तारिखमा खेलिनेछ।
