पहिलो टेस्ट बराबरीमा सकियो

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । दक्षिण अफ्रिका दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजले पाँचौ दिनको खेल सकिदा ५ विकेट गुमाएर २ सय १ रन मात्र बनाउँन सक्यो ।

वेस्ट इन्डिजका लागि अलिक अथानाजले १ सय १६ बलमा सर्वाधिक ९२, केसी कार्टी र जेसन होल्डरले समान ३१, केभम हाड्जले २९ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशब महाराजले ४ र कागिसो रबडाले १ विकेट लिए ।

पहिलो इनिङमा पाहुना टोलीले १ सय २४ रनको अग्रता कायम गरेको थियो । दोस्रो इनिङमा पाहुना टोलीले ३ विकेट गुमाएर १ सय ७३ रन थपेको थियो ।

दोस्रो इनिङमा पाहुना टोली दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टम्सले सर्वाधिक ६८, ओपनर टोनी डि जोर्जीले ४५, एडेन मारकमले ३८ रन जाडे । वेस्ट इन्डिजका लागि जमल वारिकेनले २ तथा केमार रोचले १ विकेट लिए ।

पहिलो इनिङमा वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे । जेसन होल्डरले ३६ तथा केभम हाड्ज २५ रन जोड्दा जमल वारिकेन ३५ रनमा अविजित रहेका छन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा कागिसो रबडाले ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।

कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए।

वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]