काठमाडौं । वर्षाको प्रभावका कारण घरेलु टोली वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल बराबरी तर्फ उन्मुख भएको छ । चौथो दिनको खेल सकिदा दुवै टोलीको पहिलो ईनिङको समाप्ती भएको छ ।
पाँचौ दिन पनि वर्षाको सम्भावना रहेको छ । यदी पाँचौ दिन पनि वर्षा भएमा खेल बराबरी तर्फ जानेछ । पहिलो ईनिङमा घरेलु टोली २ सय ३३ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा पाहुना टोलीले १ सय २४ रनको अग्रता कायम गरेको थियो । चौथो दिन नै दोस्रो ईनिङको सुरुआत गरेको पाहुना टोलीले विना विकेटको क्षतिमा ३० रन जोडेको छ । र अग्रता १ सय ५४ रन बनाएको छ ।
दोस्रो ईनिङको सुरुआत गरेको पाहुना टोली दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डि जोर्जीले १४ रनमा अविजित रहँदा एडेन मारकम ९ रनमा अविजित रहेका छन् ।
पहिलो ईनिङमा वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे । जेसन होल्डरले ३६ तथा केभम हाड्ज २५ रन जोड्दा जमल वारिकेन ३५ रनमा अविजित रहेका छन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा कागिसो रबडाले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।
कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए।
वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।
