ब्रडको उत्कृस्ट प्रदर्शन, विशाल लक्ष्य पछ्याउदा वेस्टइन्डिजको कमजोर सुरुवात

२०७७ श्रावण १२, सोमबार ०५:४९

भ्रमण वेस्टइन्डिज बिरुद्ध म्यानचेस्टरमा जारि तेश्रो तथा निर्णायक टेस्टमा घरेलु टिम इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको हो।

इंग्ल्यान्डले दिएको ३९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले १० रनमा २ विकेट गुमाएपछि भ्रमण टोलि कमजोर देखिएको हो। उत्कृस्ट लयमा रहेका स्टुवार्ट ब्रडले दुवै विकेट लिने क्रममा जोन क्याम्पवेललाई खाता नखोली तथा केमार रोचलाई ४ रनमा पेभेलियन फर्काएका हुन्। पहिलो इनिंगमा ब्रडले ६ विकेट लिएका थिए।

तेश्रो दिनको समाप्तिमा वेस्टइन्डिजलाई जितको लागि अझै ३८९ रन आवस्यक रहेको छ र हातमा ८ विकेट रहेको छ। दिनको समाप्तिमा क्रेग ब्राथवेट २ तथा शाइ होप ४ रन बनाएर अविजित रहेका छन्।

इंग्ल्यान्डको दोश्रो इनिंग 

आफ्नो पहिलो इनिंगमा १७२ रनको अग्रता लिएपछि दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्यान्डले २२६/२ को योगफलमा इनिंग समाप्तिको घोषणा गर्दै ३९९ रनको लक्ष्य तयार गरेको थियो। उसको लागि ओपनर रोरी बर्न्सले ९०, डम सिबलेले ५६ तथा कप्तान जोए रुटले अविजित ६८ रन बनाए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो। यस्तै वेस्टइन्डिजले पहिलो इनिंगमा १९७ रन बनाउन सकेको थियो।

ब्रडको उत्कृस्ट प्रदर्शन 

सिरिज अन्तर्गत पहिलो टेस्टमा अन्तिम-११ मा नराखिएका स्टुवार्ट ब्रडले आफुलाई दोश्रो र तेश्रो टेस्टमा अब्बल सावित गरेका छन्। दोश्रो टेस्टमा ६ विकेट लिएका ब्रडले जारि तेश्रो टेस्टमा ब्याट र बल दुवैमा चमत्कार गरेका छन्।

पहिलो इनिंगमा ब्याटिंगमा आक्रामक ६२ रन ( ४५ बलमा ९ चौका र १ छक्का ) बनाएका ब्रडले त्यसपछि वेस्टइन्डिजलाई १९७ मै सिमित गर्न ६ विकेट ( १४-४-३१-६ ) लिएका थिए। त्यसपछि दोश्रो इनिंगमा पनि वेस्टइन्डिजको दुवै विकेट उनले लिईसकेका छन्।

सिरिज अन्तर्गत वेस्टइन्डिजले पहिलो टेस्ट ४ विकेटले जितेपछि दोश्रो टेस्ट ११३ रनले जितेको इंग्ल्यान्ड सिरिज जित नजिक पुगेको हो।

धेरैले पढेको :-

सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ? यसरी हुँदैछ प्रयास

१९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy