ब्रडको उत्कृस्ट प्रदर्शन, विशाल लक्ष्य पछ्याउदा वेस्टइन्डिजको कमजोर सुरुवात

भ्रमण वेस्टइन्डिज बिरुद्ध म्यानचेस्टरमा जारि तेश्रो तथा निर्णायक टेस्टमा घरेलु टिम इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको हो।

इंग्ल्यान्डले दिएको ३९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले १० रनमा २ विकेट गुमाएपछि भ्रमण टोलि कमजोर देखिएको हो। उत्कृस्ट लयमा रहेका स्टुवार्ट ब्रडले दुवै विकेट लिने क्रममा जोन क्याम्पवेललाई खाता नखोली तथा केमार रोचलाई ४ रनमा पेभेलियन फर्काएका हुन्। पहिलो इनिंगमा ब्रडले ६ विकेट लिएका थिए।

तेश्रो दिनको समाप्तिमा वेस्टइन्डिजलाई जितको लागि अझै ३८९ रन आवस्यक रहेको छ र हातमा ८ विकेट रहेको छ। दिनको समाप्तिमा क्रेग ब्राथवेट २ तथा शाइ होप ४ रन बनाएर अविजित रहेका छन्।

इंग्ल्यान्डको दोश्रो इनिंग 

आफ्नो पहिलो इनिंगमा १७२ रनको अग्रता लिएपछि दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्यान्डले २२६/२ को योगफलमा इनिंग समाप्तिको घोषणा गर्दै ३९९ रनको लक्ष्य तयार गरेको थियो। उसको लागि ओपनर रोरी बर्न्सले ९०, डम सिबलेले ५६ तथा कप्तान जोए रुटले अविजित ६८ रन बनाए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो। यस्तै वेस्टइन्डिजले पहिलो इनिंगमा १९७ रन बनाउन सकेको थियो।

ब्रडको उत्कृस्ट प्रदर्शन 

सिरिज अन्तर्गत पहिलो टेस्टमा अन्तिम-११ मा नराखिएका स्टुवार्ट ब्रडले आफुलाई दोश्रो र तेश्रो टेस्टमा अब्बल सावित गरेका छन्। दोश्रो टेस्टमा ६ विकेट लिएका ब्रडले जारि तेश्रो टेस्टमा ब्याट र बल दुवैमा चमत्कार गरेका छन्।

पहिलो इनिंगमा ब्याटिंगमा आक्रामक ६२ रन ( ४५ बलमा ९ चौका र १ छक्का ) बनाएका ब्रडले त्यसपछि वेस्टइन्डिजलाई १९७ मै सिमित गर्न ६ विकेट ( १४-४-३१-६ ) लिएका थिए। त्यसपछि दोश्रो इनिंगमा पनि वेस्टइन्डिजको दुवै विकेट उनले लिईसकेका छन्।

सिरिज अन्तर्गत वेस्टइन्डिजले पहिलो टेस्ट ४ विकेटले जितेपछि दोश्रो टेस्ट ११३ रनले जितेको इंग्ल्यान्ड सिरिज जित नजिक पुगेको हो।

धेरैले पढेको :-

सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ? यसरी हुँदैछ प्रयास

१९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]