प्रधानमन्त्री कप छनोट : सप्तरी र सिरहा विजयी

राजबिराज, २ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी विजय भएका छन् । त्यस्तै दोस्रो खेलमा सिरहाले लगातार दोस्रो जित हात पारेको छ ।

बुधवार राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजना तथा मधेश प्रदेश क्रिकेट सँघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोतरीलाई ५ बिकेटले हराउँदै आफ्नो जितलाई निरन्तरता दिएको छ ।

पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमांशु दत ३० रन र हरिशंकर साहले २० जोडे । बलिंग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३र३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १र१ बिकेट हात पारे ।

जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई विजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिङ गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउँदै अविजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो ।

यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भएका थिए । यसैगरी सिरहा र महोतरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवारी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२/१२ रन बनाएका थिए ।

बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २/२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १/१ बिकेट लिएका थिए । जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५ बिकेट गुमाई विजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २र२ बिकेट र बिनेश सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिंह घोषित भएका थिए





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]