विजेरत्ने शतक तिर लम्कदै क्यानडाको ५ विकेट गुम्यो

फिचर फोटो – सृमन्था विजेरत्ने ( क्रिक्इन्फो, पिटर डेला पेना )

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिगको अन्तिम खेलमा नेपाल र क्यानडा अहिले प्रतिस्पर्धा गरिरहेका छन्।

टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले ४ विकेट गुमाएपछि सम्हालिएर ब्याटिंग गरेको छ। यो समाचार तयार पार्दासम्म क्यानडाले ३६ ओभरमा १३१ रनमा ५ विकेट गुमाएको छ। क्रिजमा  सृमन्था विजेरत्ने ७७ रन ( ११५ बल, ६ चौका ) तथा साद जफर ( ० ) मा ब्याटिंग गर्दै छन्।

नेपालको लागि बसन्त रेग्मी र सन्दिप लामिछानेले २/२ विकेट तथा करन केसीले १ विकेट लिएका छन्।

 

पहिलो विकेटको लागि सृमन्था विजेरत्ने र रुभिन्दु गुनसेकेराले ४६ रनको साझेदारी गरेपछि बसन्त रेग्मीले गुनसेकेरा ( ९ ) लाई क्याच आउट गरेपछि क्यानडाले लगातार विकेट गुमाएको थियो। नितिश कुमार ( ९ रन ) र धानुक पाथिराना ( २ रन ) लाई सन्दिपले आउट गरेपछि नाभनित ढालीवाल ( ४ रन ) लाई बसन्त रेग्मीले आउट गर्दा क्यानडाले पहिलो ४ विकेट ९० रनको स्कोरमा गुमाएको थियो। ४ विकेट गुमेपछि पाँचौ विकेटको लागि हम्जा तारिकसंग सृमन्था विजेरत्नेले ४१ रनको साझेदारी गरे जुन साझेदारी करन केसीले ३६ औं ओभरमा तोडेका छन्।

प्रतियोगिताको अंकतालिकामा टप-२ भित्र पर्दै मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकपमा छनौट हुन आज नेपालले खेल जित्नैपर्नेछ। क्यानडा र नेपाल दुवैले यस अघि सम्पन्न ४ खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेका छन्।

प्रत्यक्ष स्कोर हेर्न यो लिंक 

नेपालको प्लेयिंग ११ – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, दिलिप नाथ, रोहित पौडेल

अघिल्लो खेलमा नखेलाईएका दिलिप नाथलाई आज टिममा बोलाइएको छ भने शक्ति गौचन र ललित सिंह भण्डारी आज पनि अन्तिम ११ मा छैनन्। प्रतियोगितामा हालसम्म नेपालले खेलेको ४ वटा खेल मध्ये एउटा खेलमा ओमानसंग हार बेहोरेको छ भने नामिबिया, केन्या र युएईलाई पराजित गरेको छ। खेलको अपडेट यो लिंकमा

नेपाल जिते बिश्वकप छनौटमा, हारे के हुन्छ ?

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा क्यानडाको सामना गर्दैछ। यस्तै अन्य २ खेलमा नामिबियाले युएईको तथा ओमानले केन्यासंग प्रतिस्पर्धा गर्दैछ।

लिगको अंकतालिकामा क्यानडा, नामीबिया र नेपालले ४ खेल खेल्दै समान ३ जित र १ हार बेहोरेता पनि नेट रनरेटको आधारमा क्यानडा पहिलो नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा रहेको छ। क्यानडाको नेट रनरेट १.११६ , नामिबियाको ०.७८७ रहेको छ भने नेपालको -०.१५८ रहेको छ। ४ खेलमा २ जित र २ हार बेहोरेको युएईको नेट रनरेट १.२२१ रहेको छ जसकारण युएईले नामिबियालाई पराजित गरेको खण्डमा युएईको टप-२ भित्र पर्ने सम्भावना धेरै छ।

यो अवस्थामा लिग चरणको अन्तिम दिन नेपालले क्यानडालाई पराजित गरेको खण्डमा मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा नेपाल छानीनेछ। नेपाल क्यानडासंग हारेको खण्डमा तथा नामिबियाले युएईसंग हारेको खण्डमा भने नेट रनरेटको आधारमा नेपाल, युएई र नामिबिया मध्ये १ टिम टप-२ भित्र क्यानडासंग टप-२ हुनेछ।

नेपाल हार्दा के हुन्छ ?

कमजोर -०.१५८ नेट रनरेट रहेको नेपाल क्यानडासंग हारेको खण्डमा भने टप-२ पर्ने सम्भावना अत्यन्तै कम ( असम्भव जस्तै ) छ। क्यानडासंग नेपाल हार्यो र अर्को खेलमा नामिबियाले युएईलाई जित्यो भने स्वतः क्यानडा र नामिबिया छनौट हुनेछन्। नेपाल हार्यो र युएईले नामिबियालाई जितेको खण्डमा ३ वटै टिमको ३/३ जित र २/२ हार हुनेछ जसकारण युएई, नेपाल र नामिबिया बीच नेट रनरेटमा अघि हुने टिम टप-२ मा छानिनेछ। युएई ( १.२२१ ) र नामिबिया ( ०.७८७ ) को नेट रनरेट नेपालको ( -०.१५८ ) भन्दा निकै माथि हुँदा क्यानडासंग नेपाल हारे नेपाल टप-२ भित्र पर्ने सम्भावना छैन बराबर हुन्छ।

आज नेपाल र क्यानडा बाहेक अन्य खेलमा नामिबियाले युएईको तथा केन्याले ओमानको सामना गर्दैछ। केन्या ४ वटै खेल हार्दै डिभिजन-३ मा रेलिगेट भैसकेको छ भने ओमानले केन्यालाई पराजित गरेको खण्डमा ओमान उत्कृस्ट-४ भित्र पर्न नामिबिया र युएईको नतिजामा भरपर्छ।
ओमानको खराब नेट रन रेट ( -०.६२९ ) का कारण युएईले नामिबियासंग हारेको खण्डमा र ओमानले केन्यालाई जितेको खण्डमा पनि ओमान टप-४ भित्र पर्ने सम्भावना कम छ।

आज हुने क्यानडा र नेपाल तथा नामिबिया र युएई बीचको खेल सेमीफाइनल जस्तै पनि हो। दुवै खेलमा जित हाँसिल गर्ने टिम उत्कृस्ट-२ हुने लगभग पक्का छ। स्मरण रहोस् डिभिजन-२ को उत्कृस्ट २ हुने टिम जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ बिश्वकप छनौट प्रतियोगिता खेल्न छानिनेछ भने तेश्रो र चौथो हुने टिम डिभिजन-२ मै रहनेछ। पाँचौ र छैठौ स्थानमा रहने टिम डिभिजन-३ मा रेलिगेट हुनेछ ( केन्या रेलीगेट भइसकेकोछ )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]