विलियमसनको धैर्यतापूर्ण इनिंगले न्युजिल्यान्ड बलियो

पाकिस्तानको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज शनिवार बे ओभल, माउन्ट मोनगानुईमा सुरु भएको छ।

टेस्टको पहिलो दिन टस हारेर ब्याटिंग गरेको घरेलु टोलिले दिनको समाप्तिमा ८७ ओभर ब्याटिंग गर्दै ३ विकेट गुमाएर २२२ रन बनाएको छ।

न्युजिल्यान्डको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनरद्वय टम लाथम र टम ब्लनडेल क्रमशः ४ र ५ रन बनाएर शाहिन अफ्रिदीबाट क्याच आउट हुँदै पेभेलियन फर्किए।

१३/२ को अवस्थाबाट कप्तान केन विलियमसन र रस टेलरले शतकीय साझेदारी गरे। तेश्रो विकेट लिंदै अफ्रिदीले दुवै बीच १२० रनको साझेदारी तोडे। १५१ बलमा १० चौका र १ छक्का मद्दतले ७० रन बनाएर टेलर पेभेलियन फर्किए।

STUMPS in Mount Maunganui!

New Zealand end day one on a solid 222/3, courtesy of an unbeaten 94 from skipper Kane Williamson 🙌

Thoughts on the #NZvPAK action so far?

SCORECARD ▶️ https://t.co/LMlsEQTtXP https://t.co/N59rijQuaI pic.twitter.com/bf7dotTaP8

— ICC (@ICC) December 26, 2020

टेलरको विकेट पछि विलियमसनले हेनरी निकोलससंग चौथो विकेटको लागि ८५ रनको साझेदारी गरेका छन्। विलियमसन २३ औं टेस्ट शतकबाट मात्र ६ रन टाढा ९४ रन बनाएर क्रिजमा छन् जसले २४३ बलमा ८ चौका र १ छक्का हिर्काएका छन्। यस्तै निकोलस १०० बलमा ४ चौका मद्दतले ४२ रन बनाएर अविजित रहेका छन्।

खेलमा विलियमसनको २ वटा क्याच लिने अवसर पाकिस्तानको स्लिप फिल्डरले गुमाएका थिए।

पाकिस्तानको लागि शाहिन अफ्रिदीले दिनको ३ वटै विकेट लिएका छन् जसले २० ओभरमा ५ मेडन ओभर गर्दै ५५ रन खर्चिएका छन्।

भ्रमण अन्तर्गत यस अघि सम्पन्न टि-२० सिरिज न्युजिल्यान्डले २-१ ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy