विलियमसनले दोहोरो शतक बनाउदा न्युजिल्यान्ड विशाल योगफलतर्फ

केन विलियमसनले दोहोरो शतक बनाउदा भ्रमण टोलि वेस्टइन्डिज बिरुद्ध पहिलो टेस्टमा घरेलु टिम न्युजिल्यान्ड बलियो अवस्थामा पुगेको छ।

२ वटा टेस्टको सिरिज अन्तर्गत सेडन पार्क, ह्यामिल्टनमा जारि टेस्टको दोश्रो दिन चिया सत्रको समाप्तिमा न्युजिल्यान्डले १३९ ओभरमा ६ विकेट गुमाएर ४७७ रन बनाएको छ। पहिलो दिनको समाप्तिमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्ड २४३/२ को अवस्थामा रहेको थियो।

पहलो दिनको समाप्तिमा ९७ रनमा अविजित रहेका विलियमसनले शानदार ब्याटिंग गर्दै शतकलाई दोहोरो शतकमा परिणत गरेर क्रिजमा डटिरहेका छन्। करियरको तेश्रो दोहोरो शतक बनाएका कोहलीले अन्तिम पटक यही मैदानमा गत वर्ष दोहोरो शतक बनाएका थिए।

विलियमसनले अविजित २३६ रन बनाएका छन् जुन क्रममा ४०० बल खेल्दै ३३ चौका र १ छक्का हिर्काएका छन्। टेस्टमा आफ्नो व्यक्तिगत स्कोर २४२ रन पार गर्न विलियमसन मात्र ७ रन टाढा रहेका छन्।

विलियमसनलाई कायल जेमीसनले साथ दिईरहेका छन् जो संग मात्र ७९ बलमा ६८ रनको साझेदारी भैसकेको छ। जेमिसनले ५० बलमा ३ चौका र २ छक्का मद्दतले ३५ रन बनाएका छन्।

यस अघि पहिलो दिन समाप्तिमा क्रिजमा रहेका रस टेलर ३८ रन बनाएर आउट भए। हेनरि निकोलस १४ तथा डरयल मिचेल ९ रन बनाएर आउट भए। मिचेलसंग विलियमसनले ५६ रनको साझेदारी गरेका थिए।

वेस्टइन्डिजको बलिंगमा केमार रोच ( ३०-७-११४-३ ) र शानोन ग्याब्रीयल ( २५-६-८९-३ ) ले समान ३ विकेट लिएका छन्।

पहिलो दिन ओपनर टम लाथम ८६ रन बनाएर आउट भएका थिए जसले विलियमसंग दोश्रो विकेटको लागि १५४ रनको साझेदारी गरेका थिए।

दुवै टिम बीच यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज घरेलु टिमले २-० ले जितेको थियो।





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]