दबाबमा करन, आरिफ र रोहित चम्किंदा, पीएनजी बिरुद्ध नेपालको कठिन जित ( अंकतालिका सहित )

रोमान्चक खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गर्दै नेपालले युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ।

शारजाह स्टेडियममा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट क्षेतीमा ४९.२ ओभरमा भेटायो। हेर्नुस स्कोरकार्ड , अंकतालिका 

नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ५८ रन, आरिफ शेखले ४९ रन बनाए। करन केसीले अविजित २९, आसिफ शेखले १६ तथा बिनोद भण्डारीले १२ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रह्यो। ओपनर कुशल भुर्तेल १ रन, ज्ञानेन्द्र मल्ल ४ रन, दिपेन्द्र ऐरी ८ रन बनाएर आउट भए। १६ रन बनाएका आसिफ शेख पनि आउट हुँदा नेपाल ४२/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि रोहित पौडेल र आसिफ शेखले १०२ रनको साझेदारी गरे जुन एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतकीय र नेपालको अहिलेसम्मकै उच्च साझेदारी हो। ३८ औं ओभरमा रोहितलाई राइली हेकुरेले क्याच आउट पार्दै पपुवा न्यु गिनीलाई खेलमा फर्काए। आरिफ ४४ औं ओभरमा एलि नाओबाट एलबिडब्लु भए। बिनोद भण्डारी पनि ४७ औं ओभरमा आउट भए।

करन केसीले आठौँ विकेटको लागि सोमपाल कामिसंग २१ रनको साझेदारी गरे। सोमपाल ८ रन बनाएर ४९ औं ओभरमा आउट भएपछि करनले नेपाललाई जितसम्म पुर्याए। जित्न ८ बलमा १२ रन आवस्यक हुँदा करनले ४९ औं ओभरको पांचौ बलमा चौका प्रहार गरे। अन्तिम ओभरमा जित्न नेपाललाई ७ रन आवस्यक रह्यो। ओभरको पहिलो बलमा लेग बाईमार्फत नेपालले चौका प्राप्त गर्यो जसपछि जित्न १ रन आवस्यक हुँदा करनले छक्का प्रहार गर्दै खेल जिताए।

पपुवा न्यु गिनीका बलर नोर्मन भानुवा, एलि नाओ र राइली हेकुरेले समान २ विकेट तथा चाड सोपर र असद भालाले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा २०४ रन बनाएको थियो। उसको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। चाड सोपरले ३५, टोनी उराले २७, लेगा सियाकाले २५,  नोर्अमन भानुवाले २३ तथा असद भालाले १९ रन बनाए।

पपुवा न्यु गिनीका ओपनर टोनी उरा र लेगा सियाकाले अर्धशतकीय साझेदारी गरे। दशौँ ओभरमा आरिफ शेखले उरालाई विकेटपछाडी क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिपले सियाकालाई बोल्ड गरे। तेश्रो विकेटको लागि कप्तान असद भाला र चार्ल्स अमिनीले ३५ रन जोडे। चौबिसौं ओभरमा भालालाई ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय विकेट लिंदै क्याच आउट पारे। लगत्तै ओभरमा खाता नखोली हिरी मल्लबाट रन आउट भए।

९१/४ को अवस्थामा पुगेको पपुवा न्यु गिनीको इनिंग्स अमिनी र चाड सोपरले अर्धशतकीय साझेदारी गर्दै उकासे। दुवैले ७४ रनको साझेदारी गरे जसलाई पैतालीसौं ओभरमा सोमपाल कामिले अमिनीलाई क्याच आउट पार्दै तोडे। त्यसपछि केहि आक्रामक सट खेलेका भानुवा अड्चालीसौं ओभरमा रन आउट भए। ४९ औं ओभरमा सोमपालले चाड सोपर सहित दुई विकेट लिए। अन्तिम ५ ओभरमा उसले

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ४८ रन खर्चिए। आरिफ शेख ( ६-०-१६-१ )  सन्दीप लामिछाने ( १०-०-३०-१ ) र ज्ञानेन्द्र मल्ल ( २-०-६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग पराजित भएको थियो। जितपछि विश्वकप लिग-२ अंक तालिकामा नेपालको ९ खेलमा ५ जित र ४ हार पछि १० अंक भएको छ। पपुवा न्यु गिनीको भने यो १४ औं हार हो जो अंकविहिन रहँदै पुछारमा छ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]