सुपर ओभरमा पुगेको सनसनीपूर्ण फाइनल जित्दै सोमपाल आबद्ध विन्नीपेगलाई ग्लोबल टि-२० को उपाधि

भर्खरै एकदिवसीय विश्वकप २०१९ को फाइनल सुपर ओभरमा पुगेको याद क्रिकेट फ्यानहरुले नभुल्दै अर्को प्रतियोगिताको फाइनल पनि सुपर ओभरमा टुंगिएको छ।

सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै विन्नीपेग हक्सले ग्लोबल टि-२० क्यानडाको दोश्रो संस्करणको उपाधि जितेको छ। विन्नीपेगमा नेपाली खेलाडी सोमपाल कामि आबद्ध गरे पनि उनि अन्तिम-११ मा भने थिएनन्।

खेलमा टस हारेर ब्याटिंग गरेको विन्नीपेगले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा भानकुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रननै बनाएपछि खेल बराबर भएको थियो। त्यसपछि खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिंग गरेको भानकुभरले दिएको १० रन पछ्याउदै विन्नीपेगले उपाधि पहिलो पटक हात पार्यो।

 

यस्तो रह्यो सुपर ओभर , अम्पायरको खराब निर्णय 

भानकुभरको ब्याटिंग –  सुपर ओभरमा पहिले ब्याटिंग गर्ने क्रममा भानकुभरको लागि आन्द्रे रसेल र रस्सी भान डर डुसेन ब्याटिंग गर्न आए भने कलिम सानाले विन्नीपेगको लागि बलिंग गरे।

आन्द्रे रसेलले सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गरे। दोश्रो बलमा रसेलले १ रन लिए। तेश्रो बलमा लेग बाइको रुपमा डुसेनले स्ट्राइक परिवर्तन गरे। चौथो बलमा रसेल डिप मिड विकेटमा क्याच आउट हुनपुगे। त्यसपछि ब्याटिंगमा कप्तान शोयब मलिक आए।

पाँचौ बलमा कलिमले गरेको कम्मर भन्दा माथिको बलमा मलिकले ब्याटमा लगाउन सकेनन्। उक्त बललाई अम्पायरले नो बल दिएनन् जुन कम्मर भन्दा निकै माथि रहेको थियो। अम्पायरले एक आपसमा छलफल पनि गरेनन्। बाइको रुपमा १ रनमै भानकुभरले चित्त बुझाउनु पर्यो। अन्तिम बलमा डुसेन क्याच आउट हुन पुगे। २ विकेट गुमाएर भानकुभरले ९ रन मात्रै बनाउन सक्यो र १० रनको लक्ष्य प्रस्तुत गर्यो। इनिंग पछि पनि खेलाडीहरु नो बल नदिएको बारे अम्पायर र बिपक्षी खेलाडीहरुसंग बहस गर्दै गरेको देखिए।


विन्नीपेगको ब्याटिंग – १० रनको लक्ष्य पछ्याउने क्रममा विन्नीपेगको लागि क्रिस लिन र शैमन अनवर ब्याटिंग गर्न आए भने आन्द्रे रसेलले बलिंग गरे।

ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिए। दोश्रो बलमा शैमन अनवरले १ रन लिए। तेश्रो बलमा बाई रनको रुपमा विन्नीपेगले ४ रन पायो, विकेटकिपरले रसेलले गरेको डट बललाई समात्न सकेनन् जुन सहजै समात्नु पर्ने खालको थियो। त्यस लगत्तै बलमा क्रिस लिनले थर्डम्यानतर्फ चौका प्रहार गरे र खेल जिताए।

भानकुभरको इनिंग – रसेलको उत्कृस्ट इनिंगले खेल बराबरी 

यस अघि १९३ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको भानकुभरले एक समय आठौँ ओभरमा ५३ रनमा ४ विकेट गुमाईसकेको थियो। त्यसपछि कप्तान शोयब मलिक र साद बिन जाफरले पाँचौ विकेटको लागि ८६ रनको साझेदारी गरे। मलिक १७ औं ओभरमा रन आउट हुनपुगे जस अघि ३६ बलमा ६ चौका र ३ छक्का मदतले ६४ रन प्रहार गरे।

अन्तिम ३ ओभरमा जित्न ५३ रन आवस्यक हुँदा ब्याटिंगमा आएका आन्द्रे रसेलले १८ औं ओभरमा २ छक्का तथा १९ औं ओभरमा २ चौका र २ छक्का प्रहार गर्दै जित दिलाउने प्रयास गरे। अन्तिम ओभरमा जितक्को लागि १७ रन आवस्यक हुँदा कलिम सानाले गरेको ओभरको दोश्रो र तेश्रो बलमा छक्का प्रहार गर्दै रसेलले जितको समीकरण २ बलमा ३ रन बनाए। तर त्यसपछि पाँचौ बलमा रसेलले रन बनाउन सकेनन्। अन्तिम बलमा रसेलले लंगअन प्रहार गरेको बलमा २ रन मात्रै लिन सक्दा खेल बराबरी हुन पुग्यो।

रसेलले अविजित ४६ रन बनाए जुन क्रममा ३ चौका र ५ छक्का प्रहार गरे।

शैमन अनवरको आक्रामक ब्याटिंग

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा विन्नीपेग ओपनर शैमन अनवरले सर्वाधिक ९०, क्रिस लिनले ३७ तथा जेपी डुमिनिले ३३ रन बनाएका थिए।

प्रतियोगितामा उत्कृस्ट लयमा रहेका युएई ब्याट्सम्यान अनवरले ४५ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। पहिलो विकेटको लागि उनले लिनसंग ६ ओभरमा ७३ रनको तथा तेश्रो विकेटको लागि डुमिनिसंग ८१ रनको साझेदारी गरे।

भानकुभर नाइट्स बलर आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिंदा अन्तिममा विन्नीपेगले लगातार विकेट गुमाउन पुगेको थियो। ४ ओभरमा उनले मात्र २९ रन खर्चिए। अलि खान ( ४-०-३०-२ ) र रायड पठान ( ३-०-२४-२ ) ले २/२ विकेट लिए।

विन्नीपेगको फाइनलसम्मको रोचक यात्रा , भाग्यको साथ

प्रतियोगिताको लिग चरणको पहिलो ५ खेलमा विन्नीपेग पाँचौ स्थानमा रहेको थियो। दोश्रो चरणको भानकुभर बिरुद्धको खेल बर्षाले रोकिदा १ अंक पाए पछि अंकतालिकामा चौथो स्थानमा रहँदै विन्नीपेग प्ले-अफ प्रवेश गरेको थियो।

पहिलो इलिमीनेटर विन्नीपेगले डी/एल मेथड मा युभराज सिंह कप्तानीको टोरोन्टो नेसनल्सलाई पराजित गर्यो। मैदान अँधेरो हुँदा खेल बीचमै रोकिन पुगेको थियो जसकारण डीएल मेथडमा २ रनले विन्नीपेग विजयी भएको थियो। त्यसपछि दोश्रो क्वालीफायरमा विन्नीपेगले ब्राम्पटन वुल्भ्सलाई रोमान्चक खेलमा ७ विकेटले पराजित गर्यो। उक्त खेल अन्तिम बलसम्म पुगेको थियो।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]