कप्तानसहित तीन क्रिकेटर भारत नजाने

काठमाडौं । भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यासमा तीन खेलाडी सहभागी नहुने भएका छन् । क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली सोमबार अभ्यासका लागि भारत गएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार हाल क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भारतमा हुने प्रशिक्षणमा सहभागी हुने छैनन् । तीनै खेलाडी क्यानडामा भएको ग्लोबल टी ट्वान्टी लिगका लागि त्यहाँ रहेका थिए ।

“हामी अन्तिममा जाने भनेको क्यानडा नै हो । उनीहरु उतै रहन्छन् । दीपेन्द्र र रोहित अर्को लिगका लागि वेस्ट इन्डिज जान्छन् । सन्दीप भने क्यानडामा रहन्छन् ।” प्रवक्ता लामाले भने ‘नेपालमा वर्षाको सिजन भएकाले नेपाली टोली खेल भन्दा केही अघि नै क्यानडा जाने तयारीमा रहेको छ ।’

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने प्रवक्ता लामाले बताए । बोर्ड अफ क्रिकेट कन्ट्रोल इन्डिया(बिसीसीआई) सँगको सहकार्यमा नेपाली टोलीले पहिलो पटक त्यहाँको सुविधासपन्न एकेडेमीमा अभ्यास गर्न लागेको लामाले बताए । नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो।

नेपालले लिग-२ अन्तर्गत दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई मात्र पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

‘भारतमा हुने अभ्यासमा रोहित, सन्दीप र दीपेन्द्रबाहेकका १९ खेलाडी सहभागी हुनेछन् । गुलसन झा र देव खनाल भारतमा नै रहेकाले उतैबाट टिममा सामेल हुनेछन् । मुख्य प्रशिक्षक मोन्टि देसाई पनि भारतमा नै टिममा सामेल हुनेछन् ।’ प्रवक्ता लामाले बताए ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]