नेपालको तेश्रो खेल कुवेतसंग, पढ्नुस अब के भए विश्वकप छनौटमा पुग्नेछ

सिंगापुरमा जारि टि-२० विश्वकप छनौट  ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा कुवेतसंग प्रतिस्पर्धा गर्ने छ।  जुलाई २७ तारिक शनिवार हुने खेल नेपाली समय बिहान ७:१५ बजे खेलिनेछ।

अंकतालिकाको पुछारमा रहेको कुवेत मलेसियासंग ४२ रनले पराजित भईसकेको छ भने सिंगापुरसंगको दोश्रो खेल वर्षाले रोकिएपछि १ अंकमा चित्त बुझाउनु परेको थियो। नेपाल कुवेतलाई ठुलो अन्तरले पराजित गर्दै लक्ष्यका साथ खेल्नेछ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भए पछि नेपालले दोश्रो खेलमा कमब्याक गर्दै मलेसियालाई ७ विकेटले पराजित गर्यो। आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिमले अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ।

यसरी विजेता बन्दै ग्लोबल छनौट पुग्नेछ नेपाल 

२ खेलमा १ जित र १ हार बेहोर्दै २ अंक बटुल्दै अंकतालिकामा तेश्रो स्थानमा रहेको नेपाल निम्न परिस्थितिमा प्रतियोगिताको विजेताको रुपमा ग्लोबल छनौट पुग्न सक्नेछ। सबै ५ टिमले हालसम्म २/२ खेल खेलीसकेका छन्।

अंकतालिकाको ताजा अवस्था

प्रतियोगितामा अब बाँकी रहेका खेलहरु – 

जुलाई २६ –  कुवेत VS कतार र सिंगापुर VS मलेसिया
जुलाई २७ – कुवेत VS नेपाल र मलेसिया VS कतार
जुलाई २८ – सिंगापुर VS नेपाल

परिस्थिति १- नेपालले दुवै खेल जित्ने र सिंगापुरले मलेसियालाई पराजित गर्यो भने  

नेपाल सहजै फाइनल पुग्ने हो भने नेपालले बाँकी दुवै खेलमा कुवेत र सिंगापुरलाई पराजित गर्नुपर्नेछ र साथै सिंगापुरले मलेसियालाई पराजित गर्यो भने नेपाल विजेता बन्नेछ। यसो भए नेपालको ६ अंक हुनेछ भने सिंगापुरको अधिकतम ५ र मलेसियाको अधिकतम ४ अंक हुनेछ।

परिस्थिति २ नेपाल र मलेसिया दुवैले बाँकी २/२ खेल जित्यो भने 

नेपालले दुवै खेल जित्यो र मलेसियाले पनि बाँकी दुवै खेल ( सिंगापुर र कतारलाई ) जित्यो भने नेपाल र मलेसिया दुवैको ६/६ अंक हुनेछ यसो भए नेट रन-रेटमा अघि हुने टिम विजेता हुनेछ। नेट रन रेटमा नेपाल हाल मलेसिया भन्दा धेरैले पछि रहेको छ। मलेसियाको १.०९१ रहंदा नेपालको भने मात्र ०.१२३ रहेको छ। नेपालले नेट रन रेट सुधार्न बाँकि २ खेल ठुलो अन्तरले जित्नु पर्नेछ। यो परिस्थिति आउदा नेपाल नेट रन रेटमा नपुग्ने पनि सम्भावना हुने हुँदा सिंगापुरले मलेसियालाई पराजित गरोस् भन्ने चाहना नेपालको हनेछ।

परिस्थिति ३ – नेपाल र कतार दुवैले बाँकि दुवै खेल जित्यो भने 

नेपालले बाँकी दुवै खेल जित्यो र कतारले पनि बाँकी दुवै खेलमा कुवेत र मलेसियालाई पराजित गरेको खण्डमा नेपाल र कतारको पनि ६/६ अंक हुनेछ। यो अवस्थामा पनि नेट-रन रेटको आधारमा विजेता तय हुनेछ। तर यो कतारको नेट रन रेट हाल निकै कमजोर -०.६५८ रहेकोले नेपाललाई पछि पार्न मुस्किल रहेको छ।

यो सबै समीकरण नेपालले दुवै खेल जितेको आधारमा हो। यदी नेपालले बाँकी २ खेल मध्ये एउटा मात्रै हार्ने हो भने परिस्थिति असम्भव जसो बन्छ। तसर्थ भोलि मलेसिया र सिंगापुर र कुवेत र कतार बीचको खेलले समीकरण अझै सहज हुनेछ।

पानि नपरोस् 

मलेसियासंगको खेल वर्षाले प्रभावित भएको भए नेपालको टि-२० विश्वकप खेल्ने सपना टुंगिन सक्थ्यो। ९/९ ओभरको खेल भए पनि नेपालले २ अंक प्राप्त गर्न सफल रह्यो। तर अब पनि नेपालले बाँकी खेलमा पानि नपरोस् भन्ने कामना गर्नुपर्नेछ। एउटा खेल मात्रै रोकियो र अंक बाँड्नु पर्यो भने नेपाललाई पुनः मुस्किल हुन सक्छ। अन्डर-१९ विश्वकप छनौटमा युएईसंगको खेल वर्षाले रोकिदा नेपालले बेहोरेको क्षेती हामीले पक्कै बिर्सेका छैनौ त्यसैले नेपाली समर्थकहरुले इन्द्रदेवलाई भने सम्झिरहेकै फलदायी हुनेछ। मौसम पूर्वानुमान अनुसार पानि पर्ने सम्भावना कम प्रतिशतमा देखिए पनि सिंगापुरको मौसमको भने पक्कै भर हुनेछैन।

अंक बराबरी भएको खण्डमा हेड टु हेड हुन्छ या नेट रन-रेट हेरिन्छ ? 

अन्तिममा टिमहरुको अंक बराबरी भएमा जसले बढी खेल जित्छ त्यो टिमलाई विजेता घोषणा गरिनेछ। अंक र जितेको खेल पनि बराबरी भएको खण्डमा नेट-रनरेटको आधारमा टिमलाई विजेता घोषणा गरिनेछ।

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]