CPL 2020 : लिगमा उत्कृस्ट ११ खेलाडीको टिम

करेबियन प्रिमियर लिगको आठौँ संस्करणको उपाधि काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले जितेको छ। बिहिबार राति सम्पन्न फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले १२ खेलमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। अगस्ट १८ देखि सुरु भएको लिगको दौरान विश्वभरका खेलाडीहरुले लिगमा सहभागिता जनाए जसमा केहि खेलाडीहरुले आफ्नो प्रदर्शनले छाप छोड्न सफल भए भने केहि खेलाडीहरु फ्लप पनि भए। लिगको समाप्तिमा प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर उत्कृस्ट ११ जना सम्मिलित टिम तयार गरेका छौँ –

१. ग्लेन फिलिप्स ( जमैका तलावाज ) , ११ खेलमा ३१६ रन, सर्वाधिक ७९* , औशत ३५.११ 

जमैका टिम सेमीफाइनलबाट बाहिरिएता पनि जमैकाका ओपनिंग ब्याट्सम्यानले लिगमा शानदार प्रदर्शन गरे। ३५.२ को औशतमा लिगकै दोश्रो सर्वाधिक ३१६ रन बनाएका दायाँ हाते ब्याट्सम्यानले लिगमा निरन्तर राम्रो ब्याटिंग गरे। फाइनलमा लेन्डल सिमोन्सले उनलाई उछिन्दै सर्वाधिक रनकर्ता बनेता पनि फिलिप्स लिगमा राम्रो प्रदर्शन गर्ने लिगका थोरै मध्येका ओपनर रहे।

मुजिब उर् रहमान र ग्लेन फिलिप्स

२. लेन्डल सिमोन्स ( ट्रिनबागो नाइट राइडर्स ) , ११ खेलमा ३५६ रन, सर्वाधिक ९६, औशत ३९.५५ 

लिगको पहिलो ५ खेलमा मात्र ५७ रन बनाएका सिमोन्सले त्यसपछि गजबको कम्ब्याक गर्दै सर्वाधिक रनकर्ता बने। सेमीफाइनलमा जमैका बिरुद्ध ५४ तथा फाइनलमा अविजित ८४ रन बनाउनुले उनको प्रदर्शनको मुल्यांकन सहजै गर्न सकिन्छ। प्रतियोगितामा अविजित रहँदै उपाधि जितेको ट्रिनबागोका दायाँ हाते ब्याट्सम्यानले लिगमै सर्वाधिक २० छक्का ( काइरन पोलार्डसंग बराबरी ) प्रहार गरे।

३. शिमरन हेटमायर ( गायना अमेजन वारियार्स )  ११ खेलमा २६७ रन, सर्वाधिक ७१, औशत ३३.३७ 

लिगको चौथो सर्वाधिक रनकर्ता हेटमायारले तेश्रो नम्बरमा ब्याटिंग गर्दै तिन वाट अर्धशतक प्रहार गरे। लगातार २ अर्धशतक प्रहार गर्दै लिगको सुरुवात गरेका उनले लिगको अन्त्यमा सेन्ट लुसिया बिरुद्ध अविजित ५६ र बारबेडोस बिरुद्ध अविजित ३२ रन बनाउदै टिमलाई सेमीफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। सेमीफाइनलमा जुक्ससंग खाता नखोली आउट भएका उनले ३३.३७ को औशतले रन बनाए।

४. रोस्टन चेज ( सेन्ट लुसिया जुक्स ) , ११ खेलमा २२५ रन, सर्वाधिक ६६, औशत ३७.५० , बलिंग : विकेट – ९, औशत – १५.०० र इकोनोमि – ४.६५ 

टि-२० क्रिकेटमा सुहाउदो खेलाडी नमानिने चेजले सिपिएल टि-२० अघि मात्र ५ वटा टि-२० खेलेका थिए। उनले सुरुवाती चरणमा २ वटा अर्धशतक बनाउदा जितमा अहम योगदान दिएका थिए। उनले कूल २२५ रन रन बनाउदै सर्वाधिक रनकर्ताको सूचीमा शिर्ष-१० मा स्थान बनाए। यस्तै बलिंगमा पनि १५ को औशतले उनले ९ विकेट लिए जुन क्रममा मात्र ४.६५ प्रतिओभर रन खर्चिए। फाइनलमा उनले १४ बलमा २२ रन बनाए भने ४ ओभरमा मात्र १३ रन खर्चेर १ विकेट लिए। टिमलाई फाइनल यात्रा गराउन चेजको महत्वपूर्ण योगदान रह्यो।

५. डेरेन ब्राभो ( ट्रिनबागो नाइट राइडर्स ) , १२ खेलमा २९७ रन, सर्वाधिक ५८* , औशत ५९.४० 

१२ खेलमा ९ खेलमा ब्याटिंग गर्ने मौका पाएका ब्राभोले शानदार ब्याटिंग गरे। .फाइनलमा जुक्स बिरुद्ध अर्धशतक बनाउदै ५८ रन बनाएका ब्राभोले सिमोन्ससंग अविजित १३८ रनको साझेदारी गर्दै जित दिलाएका थिए। ब्राभोले लिगमा १ पटक मात्र एक अंकको स्कोरमा आउट भए भने ४ पटक अविजित रहे। लिगकै सर्वाधिक तेश्रो रनकर्ता बनेका उनले ५९.४० को शानदार औशतमा रन बनाए।

डेरेन ब्राभो र काइरन पोलार्ड

६. काइरन पोलार्ड ( ट्रिनबागो नाइट राइडर्स, कप्तान ) , ११ खेलमा २०७ रन, सर्वाधिक ७२ , बलिंग : ८ विकेट, औशत १८.८७ , इकोनोमि ७.५५ 

माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दा पोलार्डले धेरै ब्याटिंग गर्ने मौका त पाएनन् तर जब जब मौका पाए बिपक्षी टिमलाई आसिन-पसिन बनाए। उनले लिगमा बार्बेडोस बिरुद्ध २८ बलमा ७२ रनको अचम्मित पार्ने ब्याटिंग गर्दै अपत्यारिलो जित दिलाएका थिए। कुल २०७ रन बनाउने क्रममा उनले २०४.९५ को स्ट्राइक रेटले रन बनाए। यस्तै उनले ८ विकेट समेत लिए जुन क्रममा फाइनलमा जुक्सलाई १५४ रन सिमित गर्न ४ विकेट लिए। पोलार्ड टिमकै अर्का खेलाडी सिमोन्ससंगै लिगको सर्वाधिक छक्का ( २० छक्का ) प्रहार गर्ने खेलाडी बने। पोलार्ड लिगको उत्कृस्ट खेलाडी समेत चुनिए जसले ब्याट, बल र कप्तानी दुवैबाट टिमलाई उपाधि दिलाउन अहम योगदान दिए।

७. आन्द्रे रसेल ( जमैका तलावाज ) , ९ खेलमा २२२ रन, सर्वाधिक ५४, औशत ४४.४० , बलिंग – ३ विकेट 

तिन वटा अर्धशतक मद्दतले २२२ रन बनाएका रसेलले १४० माथिको स्ट्राइक रेटमा रन बनाए। टिमले अन्तिम ५ खेलमा हार बेहोर्ने क्रममा सेमीफाइनलमा ट्रिनबागोसंग हार बेहोरेको थिय। तर कमजोर जमैकाको ब्याटिंगमा रसेलले विस्फोटक तथा समझदारीपूर्ण ब्याटिंग पनि देखाएका थिए। लिगमा उनले ८ इनिंग ब्याटिंग गर्दै ३ पटक अविजित रहे। बलिंगमा पनि उनले ३ विकेट लिए।

८. मोहम्मद नाबी ( सेन्ट लुसिया जुक्स ) , ११ खेलमा १५४ रन , बलिंग – १२ विकेट, औशत १७ , इकोनोमि ५.१० 

तल्लो क्रममा विस्फोटक ब्याटिंग गर्दै ९ इनिंगमा १५४ रन बनाएका नाबीले टिमलाई फाइनल पुर्याउन बलिंगमा १२ विकेट लिए। पावरप्लेको ओभरमा बलिंग गर्दा उनले मात्र ५.०८ प्रतिओभर रन खर्चिए। यस्तै प्रतियोगितामा उनि एक मात्र ५ विकेट लिने बलर बने जुन उनले सेन्ट किट्स बिरुद्ध १५ रन खर्चेर लिएका थिए।

स्कट कग्लाइन र मोहम्मद नाबी

९. रायद इम्रीट ( सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स ) , १० खेलमा ११ विकेट, औशत १७.३६, इकोनोमि ५.९६ 

१० खेलमा सेन्ट किट्सले मात्र १ खेलमा जित हात पारे पनि ३९ वर्षीय इम्रीट टिमको याद गर्न लायक खेलाडी बने। उनले आफ्नो मिडियम पेस बलिंगले ११ विकेट लिंदै टिमको सर्वाधिक विकेटकर्ता तथा टिमको सबैभन्दा किफायती बलर समेत बने क्रममा ५.९६ रन प्रतिओभर खर्चिए।

१०.  स्कट कग्लाइन ( सेन्ट लुसिया जुक्स ) , ११ खेलमा १७ विकेट, औशत १५.६४ इकोनोमि ७.७८ 

सुरुवाती र डेथ ओभरमा गजब बलिंग गरेका न्युजिल्यान्डका फास्ट बलरले लिगमा सेन्ट लुसियालाई फाइना पुर्याउन शानदार प्रदर्शन गरे। प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका उनले सेमीफाइनलमा गायना बिरुद्ध १२ रन खर्चेर शिमरन हेटमायर र ब्रेन्डन किंगको विकेट लिएका थि। फाइनलमा भने उनले टिफ सेफर्टको रुपमा १ विकेट मात्र लिन सके जुन क्रममा मुजिब उर् रहमानलाई पछि छाड्दै सर्वाधिक विकेटकर्ता बन्न पुगे। १७ विकेट लिने क्रममा लिगमै १५ ओभर भन्दा बढी बलिंग गर्ने मध्ये उत्कृस्ट १२.० को स्ट्राइक रेटमा बलिंग गरे।

११. मुजिब उर् रहमान ( जमैका तलावाज ) , ११ खेलमा १६ विकेट, औशत १३.५६, इकोनोमि ५.२९ 

आफ्नो बुझ्न मुस्किल बलिंग विविधताको मद्दतले मुजिबले थुप्रो विकेट लिन सके भने मात्र ५.२९ प्रतिओभर रन खर्चिए। सन्दिप लामिछानेसंगको जोडी जम्दा टिमले सेमीफाइनलसम्म स्थान बनाउन सफल भएको थियो। उनले लिगमा ११ खेल मध्ये ८ वटा खेलमा कम्तिमा १ विकेट लिए। लिगको गायना बिरुद्धको जितमा  उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए।

( क्रिक्बजबाट अनुवाद गरिएको )

https://wicketnepal.com/trinbago-win-cpl-t20-2020-wn20/

https://wicketnepal.com/cricket-south-africa-suspended-wn20/

https://wicketnepal.com/ipl-purple-cap-winners-list-wn20/

https://wicketnepal.com/jonty-rhodes-sweden-coach-wn20/

 

https://wicketnepal.com/talab-rashtriy-kheladi-wn20/

https://wicketnepal.com/who-is-no1-od-batsman-smith-wn20/

https://wicketnepal.com/kohli-ipl-team-rcb-balance-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]