T20WC : लुइसको अर्धशतक बाबजुद वेस्टइन्डिजको मध्यम योगफल

२०७८ कार्तिक ९, मंगलवार १७:३०

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको खेलमा दक्षिण अफ्रीका र वेस्टइन्डिज प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिमको यो दोश्रो खेल हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनाउदै दक्षिण अफ्रीकालाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। वेस्टइन्डिजको लागि ओपनर इभिन लुइसले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। काईरन पोलार्डले २६, लेन्डल सिमोन्सले १६, निकोलस पुरन र क्रिस गेलले समान १२ रन बनाए।

ओपनर इभिन लुइस र लेन्डल सिमोन्सले ७३ रनको ओपनिंग साझेदारी गरे। एघारौं ओभरमा लुइसलाई केशव महाराजले क्याच आउट गरे। त्यसपछि महाराजले निकोलस पुरनको पनि विकेट लिए। एक किनारमा सुस्त ब्याटिंग गरिरहेका ओपनर सिमोन्स चौधौं ओभरमा कागिसो रबाडाबाट बोल भए। त्यसअघि सिमोन्सले ३५ बल खेल्दा कुनै पनि बाउन्ड्री प्रहार नगरी १६ रन मात्र बनाए।

चौंथो विकेटको लागि क्रिस गेल  र काईरन पोलार्डले ४२ रन जोडे। अठारौं ओभरमा गेललाई ड्वेन प्रिटोरियसले क्याच आउट पारे भने लगत्तै ओभरमा आन्द्रे रसेललाई नोर्कियाले बोल्ड गरे। एक किनार सम्हालीरहेका पोलार्ड अन्तिम ओभरमा प्रिटोरियसबाट क्याच आउट भए। अन्तिम ओभरमा प्रिटोरियसले मात्र ७ रन खर्चेर २ विकेट लिए। वेस्टइन्डिजले अन्तिम ५ ओभरमा ५ विकेट गुमाएर ४८ रन बनायो।

दक्षिण अफ्रिकी बलर ड्वेन प्रिटोरिसले सर्वाधिक ३ विकेट ( २-०-१७-३ ), केशव महाराजले ( ४-०-२५-२ ) २ विकेट लिए भने कागिसो रबाडा ( ४-०-२७-१ ), एनरिक् नोर्कियाले ( ४-०-१४-१ ) ले समान एक विकेट लिए।

दक्षिण अफ्रीका र वेस्टइन्डिज दुवै टिमको आज दोश्रो खेल हो। दक्षिण अफ्रीका पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएको थियो जुन क्रममा उसले दिएको ११९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट क्षेतीमा भेटाएको थियो। अर्कोतर्फ वेस्टइन्डिज इंग्ल्यान्डसंग ६ विकेटले पराजित हुने क्रममा लज्जास्पद ब्याटिंग प्रदर्शन गर्दै ५५ रन मात्र बनाउन सकेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy