T20WC : शेन वार्नको भविष्यवाणी, यी ४ टिम पुग्नेछन् सेमीफाइनल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर -१२ चरणको खेलहरु जारी रहेका छन्। अक्टोबर २३ देखि सुरु भएको सुपर-१२ चरणको खेलहरु नोभेम्बर ८ तारिखमा सकिनेछ। त्यसपछि नोभेम्बर १० र ११ तारिखमा पहिलो र दोश्रो सेमीफाइनल तथा नोभेम्बर १४ तारिखमा फाइनल खेलिनेछ। १२ वटा टिमहरु बीच सेमीफाइनल दौड जारी रहंदा बिभिन्न पूर्व क्रिकेटर तथा समर्थकहरुले सेमीफाइनल पुग्ने तथा उपाधि जित्ने टिम अनुमान र भविष्यवाणी गरिरहेका छन्। ६/६ वटा टिमको दुई वटा समुहबाट अंकतालिकामा शिर्ष दुई टोलि सेमीफाइनल प्रवेश गर्नेछ। यसै बीच चर्चित पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्नले दुवै समुहबाट सेमीफाइनल पुग्ने तथा फाइनल पुग्ने टिमको भविष्यवाणी गरेका छन्।

गय राति इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको खेल पछि वार्नले आफ्नो ट्वीटर मार्फत भविष्यवाणी व्यक्त गर्दै ‘१’ बाट इंग्ल्यान्ड समुह विजेताको रुपमा तथा अस्ट्रेलिया समुह उपविजेताको रुपमा सेमीफाइनल पुग्ने बताएका छन्। यस्तै समुह ‘२’ बाट समुह विजेताको रुपमा पाकिस्तान तथा समुह उपविजेताको रुपमा भारत सेमीफाइनल पुग्ने बताएका छन्।

यस्तै वार्नले सेमीफाइनलमा इंग्ल्यान्ड र भारत तथा अस्ट्रेलिया र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तथा उपाधिको लागि या त भारत र पाकिस्तान अथवा अस्ट्रेलिया र इंग्ल्यान्ड बीच प्रतिस्पर्धा हुने पनि बताएका छन्।


सुपर-१२ चरणको अंकतालिका हेर्ने हो भने हाल समुह ‘१’ अंकतालिकामा सम्पूर्ण टिमले तिन वटा खेलहरु खेल्दा इंग्ल्यान्ड ३ वटै जित पछि ६ अंक सहित शिर्षस्थानमा छ भने समान ४ अंक रहेता पनि नेट रन रेटको आधारमा दक्षिण अफ्रीका दोश्रो र अस्ट्रेलिया तेश्रो स्थानमा छ। समान २ अंक सहित श्रीलंका चौंथो र वेस्टइन्डिज पाँचौ स्थानमा छ भने बंगलादेश अंकविहिन रहँदै छैठौं स्थानमा छ। यस्तै समुह ‘२’ अंकतालिकामा भने तिन वटै जित पछि पाकिस्तान ६ अंक सहित शिर्ष स्थानमा छ भने। अफगानिस्तान र नामिबिया समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा दोश्रो र तेश्रो स्थानमा छ। न्युजिल्यान्ड, भारत र स्कटल्याण्ड अंकविहिन छन्।

प्रतियोगिता अन्तर्गत आइतबार समुह ‘२’ अन्तर्गतका दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा दिउँसो ३:४५ बजे अफगानिस्तान र नामिबिया तथा राति ७:४५ बजे भारत र न्युजिल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy