६४ वर्ष पछि फास्ट बलर बने अस्ट्रेलियाको कप्तान

टिम पेनले कप्तानी पद छाडेको एक हफ्ता पछि अस्ट्रेलियाले प्याट कमिन्सलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ। आफ्नो महिला सहकर्मीलाई अश्लील म्यासेज पठाएको खुलासा पछि पेनले राजिनामा दिएका थिए।

६४ वर्षपछि पहिलो पटक अस्ट्रेलियाको कप्तानी फास्ट बलरले गर्नेछन्। अस्ट्रेलियाको लागि कुनै पनि फर्म्याटमा कप्तानी गर्ने पहिलो फास्ट बलर रिची बेनोड अत्हिये। कमिन्स अस्ट्रेलियाको ४७ औं टेस्ट कप्तान हुन्। टिमका स्टार ब्याट्सम्यान स्टिभ स्मिथलाई उपकप्तान जिम्मेवारी दिईएको छ। २०१८ को स्याण्ड पेपर काण्ड पछि पहिलो पटक स्मिथलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

विश्वकप नम्बर-१ टेस्ट बलर कमिन्सले कप्तानी पाएपछि प्रतिक्रिया दिने क्रममा “अप्रत्यासित” बताएका छन्।

“म यो भूमिकालाई स्वीकार गर्नको लागि सम्मानित महसुस गर्छु। मलाई आशा छ टिमलाई पछिल्लो केहि वर्ष पेनले दिएको जस्तै नेतृत्व दिन सकूँ। यो अप्रत्यासित विशेषअधिकार हो जसको लागि म आभारी छु र उत्साहित पनि छु।”

अस्ट्रेलियाको इंग्ल्यान्ड बिरुद्ध यो वर्ष एशेज सिरिज डिसेम्बर ८ तारिख देखि सुरु हुँदैछ। द गाबा मैदानमा पहिलो टेस्ट हुनेछ। दोश्रो टेस्ट १६ डिसेम्बर अदेखी एडीलेड ओभलमा, तेश्रो टेस्ट मेलबर्न क्रिकेट ग्राउण्डमा २६ डिसेम्बर देखि, चौंथो टेस्ट मेलबर्नमै ५ जनवरी देखि तथा पाँचौ टेस्ट पर्थ स्टेडियममा १४ जनवरी देखि सुरु हुनेछ। २०१९ मा इंग्ल्यान्डमा आयोजित एशेज सिरिज २-२ को बराबरीमा टुंगिएपछि अस्ट्रेयाले एशेज आफ्नो साथ राखेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy