T20WC : समुह ‘१’ बाट को पुग्ला सेमीफाइनल, यस्तो छ समीकरण

युएईमा जारी टि-ट्वान्टी विश्वकप २०२१ अनार्गत आज शनिवार सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतका  दुई महत्वपूर्ण खेल हुँदैछन्। दिनको पहिलो खेल शेख जायद स्टेडियम अबुधाबीमा अस्ट्रेलिया र वेस्टइन्डिज बीच दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोश्रो खेल शारजाह स्टेडियम, शारजाहमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका बीच राति ७:४५ बजे सुरु हुनेछ।

सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को अंकतालिका 

समूह ‘१’ बाट श्रीलंका वेस्टइन्डिज र बंगलादेशको सेमीफाइनल सम्भावना समाप्त भैसकेको हुँदा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीका मध्ये दुई टिम सेमीफाइनल पुग्नेछ।

इंग्ल्यान्डको नेट रन रेट निकै बलियो ( +३.१८३ ) रहेको हुँदा अन्तिम खेलमा हारको बाबजुद पनि सेमीफाइनल पुग्ने सम्भावना लगभग निश्चित जसो छ। यदी अस्ट्रेलियाले वेस्टइन्डिजलाई १०० रनले पराजित गर्यो र इंग्ल्यान्डले करीब ४३ रनले दक्षिण अफ्रीकासंग हारेमा मात्र नेट रन रेटमा इंग्ल्यान्डलाई अस्ट्रेलियाले पछि पर्नेछ।

यदी अस्ट्रेलियाले अन्तिम खेलमा वेस्टइन्डिजलाई तथा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई पराजित गरेको खण्डमा अस्ट्रेलिया र इंग्ल्यान्ड सेमीफाइनल पुग्नेछ। अस्ट्रेलिया पराजित भयो र दक्षिण अफ्रीका विजयी भए दक्षिण अफ्रीका सेमीफाइनल पुग्नेछ। यदी अस्ट्रेलिया र दक्षिण अफ्रीका दुवै पराजित भएको खण्डमा दुवै टिमको समान ६ अंक हुनेछ। त्यसपछि नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।

मानौं यदी अस्ट्रेलियाले १६१ रनको लक्ष्य पछ्याएको खण्डमा २० रनको हार बेहोर्यो भने दक्षिण अफ्रीकाले ३ रन भन्दा बढीले ( १६१ लक्ष्य पछ्याउदा ) खेल हार्नु हुनेछैन। त्यसो भए नेट रन रेटमा अस्ट्रेलिया अघि हुनेछ। यस्तै अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै १६० रन बनाउछ र खेल १० रनले जित्छ भने दक्षिण अफ्रीकाले १६० रन बनाएर म्याच ३२ रनले जित्नुपर्छ। दक्षिण अफ्रीकाको लागि राम्रो पक्ष के हो भने उसको खेल पछि रहेको छ जसले गर्दा जित्नुपर्ने समीकरण अगाडीनै थाहा हुनेछ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]