वुमेन च्याम्पियन लिग टि-२० असोज अन्तिम साता आयोजना हुने

क्विन्स इभेन्टले आयोजना गर्ने वुमेन च्याम्पियन्स लिग टि-२० असोज २९ गते देखि कार्तिक ७ ( अक्टोबर १६-२४ ) गतेसम्म आयोजना हुने भएको छ।  आयोजक क्विन्सले सोमबार प्रेस बिज्ञप्ति मार्फत मिति घोषणा गरेको हो।

५ फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको यसै वर्ष बैशाखमा सम्पन्न ड्राफ्ट मार्फत खेलाडी चयन कार्यक्रम सम्पन्न भइसकेको छ।

यस अघि जेठमा आयोजना हुने घोषणा गरिएता पनि अन्य प्रतियोगिता जुध्दा प्रतियोगिताको मिति सारिएको थियो। नेपालमा अर्को महिला फ़्रेन्चाइज् टि-२० लिग ‘वुमेन्स टि-२० लिग’ को पनि घोषणा भएर अक्सन सम्पन्न भैसके पनि आयोजना मिति पटक पटक सर्दै आएको छ। क्विन्सले आयोजना गर्ने पोखरा प्रिमियर लिगको भने अझै अधिकारिक मिति घोषणा भएको छैन। प्रतियोगिता तिहार पछि आयोजना हुने सम्भावना रहेको छ।

यस अघि पोखरामा पोखरा प्रिमियर लिग ( पीपीएल टि-२० ) समेत आयोजना गरिसकेको इभेन्टले वुमेन्स लिग भने किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आयोजना गर्ने छ। क्विन्स इभेन्ट म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र छुम्बी लामा संलग्न रहेका छन्। पीपीएल टि-२० मा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरु सहभागी थिए।

लिगमा क्यापिटल्स रोयल्स काठमाडौँ , ललितपुर फाल्कोन्स, पोखरा पल्टन, बिराटनगर टाईटन्स र चितवन राइनोज गरि कुल ५ टिम सहभागी रहेका छन्। क्रमशः काठमाडौँको रुबिना क्षेत्री, ललितपुरको नेरी थापा, पोखराको सिता राना मगर, बिराटनगरको सरिता मगर र चितवनको इन्दु बर्मा मार्की खेलाडी रहेका छन्।

 टिम  मार्की खेलाडी  मालिक
क्यापिटल्स रोयल काठमाडौँ  रुबिना क्षेत्री  दिपा अग्रवाल ( जेफोर स्पोर्ट्स )
पोखरा पल्टन  सिता राना मगर  विनायक पोखरेल
चितवन राइनोज  इन्दु बर्मा  मिङ्ग्मा डोन्डु शेर्पा
ललितपुर फाल्कोन  नेरी थापा  श्रीजना जोशी
 बिराटनगर टाईटन्स  सरिता मगर  पारस लुनिया

कुन टिममा को-को खेलाडी 

बैशाखमा सम्पन्न ड्राफ्टमा प्रत्येक टिमले ११ खेलाडीहरु ड्राफ्टमार्फत भित्र्याएका छन्। अप्सरी बेगम, रोमा थापा, ममता चौधरी, करुना भण्डारी, कविता कुँवर, बिन्दु रावल,  सोनु खड्का, आरति बिडारी, काजल श्रेठ र ऋतु कनौजियालाई ड्राफ्टमा सर्वाधिक ७५ हजार रुपैयाँमा टिमले लिएको थियो।

क्यापिटल्स रोयल काठमाडौँ ( मार्की खेलाडी – रुबिना क्षेत्री ) :- अप्सरी बेगम ( रु. ७५,००० ) , रोमा थापा ( रु. ७५,००० ) , सुमन बिस्ट (रु. २५,००० ) , रश्मि शर्मा चौलागाईं ( रु. ५०,००० ) , संगीता राई ( रु. ५०,००० ) , सरस्वति चौधरी ( रु. ५०,००० ) , नितु भण्डारी (रु. २५,००० ), ममता थापा ( रु. ५०,००० ) , इश्वरी बिस्ट (रु. २५,००० ) , लक्ष्मी साउद (रु. २५,००० ) , मनिसा राना (रु. २५,००० )

ललितपुर फाल्कोन्स ( मार्की खेलाडी – नेरी थापा ) :- ममता चौधरी ( रु. ७५,००० ) , करुना भण्डारी ( रु. ७५,००० ) , कविता जोशी (रु. २५,००० ) , सरिता दिस्वा मगर ( रु. ५०,००० ) , कृति सेन (रु. २५,००० ) , रोशनी बोहरा ( रु. ५०,००० ) , सिमा थापा (रु. २५,००० ) , गीता गोसाई (रु. २५,००० ) , शान्ति चौधरी (रु. २५,००० ) , सम्झना खड्का (रु. २५,००० ) , अलिशा केसी (रु. २५,००० )

पोखरा पल्टन ( मार्की खेलाडी – सिता राना मगर  ) :- कविता कुँवर ( रु. ७५,००० ) , अन्जली चन्द ( रु. ५०,००० ) , रुबी पोद्दर (रु. २५,००० ) , बिन्दु रावल ( रु. ७५,००० ) , अनुराधा चौधरी ( रु. ५०,००० ) , रेवती धामी (रु. २५,००० ) , मंजु कुमारी बोगटी (रु. २५,००० ) , राजमती ऐरि (रु. २५,००० )  , सरस्वति घर्ति मगर (रु. २५,००० ) , नबिन खड्का (रु. २५,००० ) , निशा भट्ट (रु. २५,००० )

बिराटनगर टाईटन्स ( मार्की खेलाडी – सरिता मगर) :- ज्योति पाण्डे ( रु. ५०,००० ) , सोनु खड्का ( रु. ७५,००० ) , डली भट्ट ( रु. ५०,००० ) , लक्ष्मी चौधरी ( रु. ५०,००० ) , आरति बिडारी ( रु. ७५,००० ) , सबनम राई ( रु. ५०,००० ) ,कृतिका मरासिनी (रु. २५,००० ) , अस्मिना कर्माचार्य (रु. २५,००० ) , शर्मिला रोक्का मगर (रु. २५,००० ) , करिश्मा गुरुङ (रु. २५,००० ) , प्रतीक्षा बस्याल ( रु. ५०,००० )

चितवन राइनोज ( मार्की खेलाडी – इन्दु बर्मा ) :- काजल श्रेष्ठ ( रु. ७५,००० ) , ऋतु कनौजिया ( रु. ७५,००० ) , सुमन खतिवडा (रु. २५,००० ) , रेखा रावल ( रु. ५०,००० ) , सरस्वति पुन (रु. २५,००० ) , अस्मिता खरेल (रु. २५,००० )  , प्यारी चौधरी (रु. २५,००० )  , कन्चन श्रेष्ठ ( रु. २५,००० ) , सन्तोषी चौधरी (रु. २५,००० )  , संजु लामा (रु. २५,००० )  , सावित्रा जिसी (रु. २५,००० )

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]