महिला एसिया कप : उपाधीका लागि भारत र श्रीलंका खेल्दै

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधीका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

साबिक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीनमा खेल्दैछन् ।

श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधी जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

गत संस्करणको फाइनलमा पनि भारत र श्रीलंका भिडेकामा भारतले ८ विकेटको फराकिलो जित हात पारेको थियो । महिला एसिया कपको ईतिहासमा भने भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।

बंगलादेशलाई १० विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । श्रीलंकाले रोमान्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् ।

https://youtu.be/w6SGVconbAw?si=PnAllWFWxKHK45PU

https://youtu.be/eTkrPsuifoE?si=b_64dtaRddLvf4U9





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]