महिला एसिया कप : उपाधीका लागि भारत र श्रीलंका खेल्दै

२०८१ श्रावण १३, आईतवार ०७:२७

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधीका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

साबिक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीनमा खेल्दैछन् ।

श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधी जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

गत संस्करणको फाइनलमा पनि भारत र श्रीलंका भिडेकामा भारतले ८ विकेटको फराकिलो जित हात पारेको थियो । महिला एसिया कपको ईतिहासमा भने भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।

बंगलादेशलाई १० विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । श्रीलंकाले रोमान्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् ।

https://youtu.be/w6SGVconbAw?si=PnAllWFWxKHK45PU

https://youtu.be/eTkrPsuifoE?si=b_64dtaRddLvf4U9

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy