महिला एसिया कप : सेमिफाइनल समिकरण पूरा

२०८१ श्रावण १०, बिहीबार ०९:२२

काठमाडौं । एसिसी महिला टी-२० एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको सानदार जित निकालेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

शतप्रतिश जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । समूह बी बाट नै बंगलादेश उपविजेताका रूपमा सेमिफाइनल पुग्यो ।

यस्तै, समूह ए बाट शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै भारतले सेमिफाइनलमा स्थान बनाएको छ । पाकिस्तान तीन खेलमा दुई खेल जितेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

शुक्रबार हुने सेमिफाइनलमा समूह ए को विजेता भारतले समूह बी को उपविजेता बंगलादेशसँग पहिलो सेमिफाइनल खेल्नेछ । त्यस्तै, समूह बी को विजेता श्रीलंकाले समूह ए को उपविजेता पाकिस्तानको सामना गर्नेछन् ।

दुबै सेमिफाइनलको विजेताबीच आईतबार उपाधीका लागि खेल हुनेछ ।

https://www.youtube.com/watch?v=2OdVNKzVMAo&t=10s

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy