नेत्रहिन महिला क्रिकेट टिम सिरिज खेल्न पाकिस्तान भ्रमण गर्ने

( फिचर फोटो – फाइल )

  • विकेटनेपाल, माघ ०४ – शुक्रबार

नेपालको नेत्रहीन महिला क्रिकेट टिमले पहिलोपल्ट अन्तर्राष्ट्रिय भ्रमण अन्तर्गत पाकिस्तानसँग सिरिज खेल्ने भएको छ। जनवरी २९ (माघ १५) तारिखदेखि फेब्रुअरी ४ (माघ २१) तारिखसम्म हुने सिरिजमा ५  टि-२० खेलहरु समाबेश रहनेछन्।

यसअघि सन् २०१४ मा इंग्ल्याण्डसंग घरेलु मैदानमै प्रतिस्पर्धा गरेको नेपालले अन्तर्राष्ट्रिय भ्रमण भने पहिलोपल्ट गर्न लागेको हो। सन् २०१४ मा इंग्ल्याण्डसँग भएको ३ खेलको टि-२० सिरिज नेपालले क्लिन स्विप गर्दै आफ्नो पक्षमा पारेको थियो जुन नेत्रहीन महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय सिरिज समेत थियो।

पाकिस्तानको भने यो पहिलो सिरिज हुनेछ तर उसका खेलाडी भने नेपालसँगको भिडन्त यादगार बनाउने योजना बुन्दैछन्। नेपाल विरुद्धको सिरिजको लागि अभ्यासरत पाकिस्तानी खेलाडी भन्छन्, हामि नेपाललाई पराजित गर्दै देशको शिर उँचो बनाउनेछौं।

नेपाली टिम माघ १२ गते बिहान ८:१५ बजे पाकिस्तान प्रस्थान गर्ने तालिका रहेको नेपाली नेत्रहीन महिला टिमको कार्यक्रम संयोजकको भूमिकामा रहेका निरोज गिरिले विकेटनेपाललाई बताए। उनले यसअघि नेपाली पुरुष नेत्रहीन टिम विश्वकपको लागि पाकिस्तान भ्रमणममा रहंदा समेत सहायक ब्यबस्थापकको भूमिका निर्वाह गरेका थिए।

नेपाल नेत्रहीन महिला क्रिकेट टिम बनाउने विश्वकै पहिलो राष्ट्र समेत हो।

पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिम (Photo: PBCC)

उक्त सिरिजको लागि १५ सदस्यीय नेत्रहीन नेपाली महिला क्रिकेट टिममा रिता थापा, आशा रेग्मी, मुना अर्याल, हिता गुरुङ, सरिता घिमिरे, सुष्मा तामांग, आयुष्मा क्षेत्री, भगवती अमागाई, बिमला राई, मनकेशरी चौधरी, भुमा खरेल, बिनिता पुन, गीता पौडेल, भगवती भट्टराई र आशिका चौधरी रहेका छन्।

पाकिस्तानको सिरिजको लागि तयारि गरिरहेको टिम पौष २३ गतेदेखि मुलपानी मैदानमा बन्द सत्रमा रहेको छ। बन्दसत्र माघ ९ गतेसम्म चल्ने छ जसलाई रिजन प्रजुले प्रशिक्षण दिइरहेका छन्।

उक्त टिम प्रशिक्षक अरुण अर्याल, सुनोज भट्टराई, नेत्रहीन क्रिकेट अम्पाएर नरेन्द्र निरौला र गीता रेग्मी रहेको छनौट समितिले छनोट गरेको क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (CAB) को प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।

खेलतालिका

पहिलो टि२०- जनवरी २९ (लाहोर)
दोश्रो टि२०- जनवरी ३१ (फैसलाबाद)
तेस्रो टि२०- फेब्रुअरी १ (फैसलाबाद)
चौथो टि२०- फेब्रुअरी ३ (इस्लामावाद)
पाँचौ टि२०- फेब्रुअरी ४ (इस्लामावाद)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy