नेपालमा पहिलोपटक वुमेन्स च्याम्पियन्स लिग क्रिकेट हुने

  • विकेटनेपाल – १ फाल्गुन, बिहिबार

पहिलो संस्करणको पोखरा प्रिमियर लिग ( पिपिएल ) को आयोजक क्विन्स इभेन्ट्स मेनेज्मेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेट लिग ( डब्लुसिएल ) को आयोजना गर्ने भएको छ।

राजधानी काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले “वुमेन्स च्याम्पियन्स लिग” ( डब्लुसिएल ) को घोषणा गरेको हो। प्रतियोगिता आउँदो चैत्र २२ गतेबाट काठमाडौंमा आयोजना हुनेछ। चैत्र २२ बाट संचालन हुने प्रतियोगिता ९ दिनसम्म चल्नेछ। प्रतियोगितामा बिभिन्न सहरका नाममा रहेका ५ टोलीको सहभागिता रहनेछ।

आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको मितिसंगै लोगो समेत सार्वजनिक गरिएको थियो।

WCL
WCL

आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगितामा सहभागी टोलि, पुरस्कार राशि र अन्य बिवरणको जानकारी छिट्टैनै अर्को कार्यक्रम आयोजना गरेर सार्वजनिक गर्ने बताए।

पत्रकार सम्मेलनमा प्रबन्ध निर्देश छुम्बी लामासंगै राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्री, राष्ट्रिय टोलीका कप्तान पारस खड्का, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसीसी ) प्रतिनिधि भावना घिमिरेको समेत उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा विश्वकप छनौटको एसियाली छनौट खेल्न अभ्यासमा रहेको महिला टिमका सदस्य र प्रशिक्षक बिनोद दास समेत उपस्थित थिए।

Womens Cricket Team with Binod Das & Paras Khadka
Womens Cricket Team with Binod Das & Paras Khadka

अघिल्लो महिना मात्र थाइल्याण्डमा सम्पन्न वुमेन्स टि-२० स्म्याश प्रतियोगिताको उपबिजेता बनेको महिला टोलि अहिलेभने महिला विश्वकप क्रिकेटको एसियाली छनौटका लागि अभ्यासमा रहेको छ। नेपालमा महिला क्रिकेट टोलीको स्थापाना देखिनै बिभिन्न उपलब्धि हाँसिल गर्दै आएपनि पुरुष क्रिकेटको दाँजोमा पर्याप्त कदम नउठ्दा महिला टोलीले पछिल्ला केहि बर्षमा अध्याँरो बाटोको यात्रा गरिरहेको छ





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]