वुमन्स च्याम्पियन्स लिगको ड्राफ्ट आज हुँदै

  • विकेटनेपाल, वैशाख ३१ – मंगलबार

असोज ३ देखि ११ गतेसम्म काठमाडौंमा हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता (डब्ल्युसिएल) टि२० को ड्राफ्ट आज हुँदैछ। कार्यक्रम साँझ ५ बजे काठमाडौंको सांग्रिला होटलमा हुनेछ।

यसअघि भएका पुरुष र महिला क्रिकेट प्रतियोगितामा लिलामी प्रक्रियाबाट खेलाडी छनोट गरीएको थियो। यस प्रतियोगिताबाट नेपालमा पहिलोपल्ट ड्राफ्ट प्रक्रियाबाट खेलाडी छनोट गर्ने प्रक्रिया भित्रिँदैछ। बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगमा समेत ड्राफ्ट प्रक्रियाबाट नै खेलाडी छनोट गर्ने गरिन्छ।

क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा १०७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। खेलाडीको नाम दर्ताको लागि बैशाख १९ गतेदेखि २५ गतेसम्म आवेदन दर्ता खुल्ला गरिएको थियो।

 

आयोजकले यसअघि नै सहभागी ५ टिम र यसका मार्की खेलाडी सार्वजनिक गरिसकेको छ। पहिलोपटक आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्स टिम छन्।

काठमाडौँको मार्की प्लेअरमा राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्री छन्। यस्तै सीता राना मगर पोखराको, इन्दु बर्मा चितवनको, नेरी थापा ललितपुरको र सरिता मगर विराटनगरको मार्की खेलाडीमा छन्।

यसअघि २०७५ को अन्त्यतिर प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि ४ महिना पछी सर्दै असोज महिनामा आयोजना हुँदैछ। क्विन्स इभेन्ट मेनेजमेन्टले यसअघि नै पोखरा प्रिमियर लिगको आयोजना गरिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy