वुमन्स च्याम्पियन्स लिगको ड्राफ्ट आज हुँदै

  • विकेटनेपाल, वैशाख ३१ – मंगलबार

असोज ३ देखि ११ गतेसम्म काठमाडौंमा हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता (डब्ल्युसिएल) टि२० को ड्राफ्ट आज हुँदैछ। कार्यक्रम साँझ ५ बजे काठमाडौंको सांग्रिला होटलमा हुनेछ।

यसअघि भएका पुरुष र महिला क्रिकेट प्रतियोगितामा लिलामी प्रक्रियाबाट खेलाडी छनोट गरीएको थियो। यस प्रतियोगिताबाट नेपालमा पहिलोपल्ट ड्राफ्ट प्रक्रियाबाट खेलाडी छनोट गर्ने प्रक्रिया भित्रिँदैछ। बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगमा समेत ड्राफ्ट प्रक्रियाबाट नै खेलाडी छनोट गर्ने गरिन्छ।

क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा १०७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। खेलाडीको नाम दर्ताको लागि बैशाख १९ गतेदेखि २५ गतेसम्म आवेदन दर्ता खुल्ला गरिएको थियो।

 

आयोजकले यसअघि नै सहभागी ५ टिम र यसका मार्की खेलाडी सार्वजनिक गरिसकेको छ। पहिलोपटक आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्स टिम छन्।

काठमाडौँको मार्की प्लेअरमा राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्री छन्। यस्तै सीता राना मगर पोखराको, इन्दु बर्मा चितवनको, नेरी थापा ललितपुरको र सरिता मगर विराटनगरको मार्की खेलाडीमा छन्।

यसअघि २०७५ को अन्त्यतिर प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि ४ महिना पछी सर्दै असोज महिनामा आयोजना हुँदैछ। क्विन्स इभेन्ट मेनेजमेन्टले यसअघि नै पोखरा प्रिमियर लिगको आयोजना गरिसकेको छ।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]