वुमेन्स च्याम्पियन्स लिग टि-२० : टिम र मार्की खेलाडीको घोषणा

  • विकेटनेपाल, चैत-२९ , शुक्रबार 

क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा संचालन हुने वुमेन च्याम्पियन्स लिग टि-२० प्रतियोगितामा सहभागी हुने टिम र मार्की खेलाडी घोषणा गरिएको छ।

प्रतियोगितामा ५ टोलि सहभागी हुनेछन् जसको नाम नेपालका ५ शहरबाट राखिएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा टिम र मार्की खेलाडी घोषणा भएको हो। क्यापिटल्स रोयल काठमाडौँ, पोखरा पल्टन, चितवन राइनोज, ललितपुर फाल्कोन्स, बिराटनगर टाईटन्स गरि लिगमा कुल ५ टिम सहभागी हुने छन्।

क्विन्स इभेन्ट्सले यसै वर्ष आयोजना गरेको पोखरा प्रिमियर लिगमा रहेका ३ टिम पोखरा पल्टन, चितवन राइनोज र बिराटनगर टाईटन्स वुमेन्स च्याम्पियन्स लिगमा पनि सहभागी हुनेछन्।

लिगमा खेल्ने ५ टिमको मार्की खेलाडीहरुको नाम समेत घोषणा गरिएको छ। महिला राष्ट्रिय टिमको कप्तान समेत रहेकी रुबिना क्षेत्री क्यापिटल्स रोयल काठमाडौँको मार्की खेलाडी हुनेछिन्। यस्तै पोखरा पल्टनको मार्की सिता राना मगर, चितवन राइनोजको मार्की इन्दु बर्मा, ललितपुर फाल्कोनको मार्की नेरी थापा तथा बिराटनगरको मार्की सरिता मगर हुनेछिन्।

क्यापिटल्स रोयल काठमाडौँको स्वामित्व जेफोर स्पोर्ट्सको दिपा अग्रवालको नाममा रहेको छ। यस्तै पोखरा पल्टनको स्वामित्व विनायक पोखरेलको, चितवन राइनोजको स्वामित्व मिङ्ग्मा डोन्डु , ललितपुर फाल्कोनको स्वामित्व श्रिजना जोशी तथा बिराटनगरको स्वामित्व पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका पारस लुनियाको रहेको छ।

 टिम  मार्की खेलाडी  मालिक
क्यापिटल्स रोयल काठमाडौँ  रुबिना क्षेत्री  दिपा अग्रवाल ( जेफोर स्पोर्ट्स )
पोखरा पल्टन  सिता राना मगर  विनायक पोखरेल
चितवन राइनोज  इन्दु बर्मा  मिङ्ग्मा डोन्डु शेर्पा
ललितपुर फाल्कोन  नेरी थापा  श्रीजना जोशी
 बिराटनगर टाईटन्स  सरिता मगर  पारस लुनिया

मिति नजुध्ने 

नेपालमा घोषणा भएको यो दोश्रो महिला फ्रेंचाईज टि-२० प्रतियोगिता हो। यस अघि घोषणा भएको वुमेन्स टि-२० क्रिकेट लिगले अक्सन समेत गरिसकेको छ। वुमेन्स टि-२० क्रिकेट लिग जेठ ६ गते देखि १३ गतेसम्म आयोजना हुने घोषणा भएको छ।

यस अघि वुमेन्स च्याम्पियन्स लिग पनि जेठ ६ गते देखि आयोजना हुने भनिएको थियो। प्रतियोगिताको मिति जुधेपछि क्विन्स इभेन्ट्सले वुमेन्स च्याम्पियन्स टि-२० लिगको मिति नजुध्ने बताएको छ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र छुम्बी लामा संलग्न रहेका छन्। यस अघि म्यानेजमेन्टले पोखरामा पोखरा प्रिमियर लिग टि-२० संचालन गरिसकेको छ जसमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरु सहभागी थिए।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]