महिला क्रिकेट टोली पहिलो पटक फ्लड लाइटमा खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक फ्लड लाइटमा क्रिकेट खेल्ने भएको छ ।

एसियाली क्रिकेट परिषदले मंगलबार जारी गरेको महिला एसिया कपको खेल तालिका अनुसार नेपालले फ्लड लाइटमा पहिलो पटक खेल्ने भएको हो ।

आगामी महिना श्रीलंकामा हुने एसिया कपमा पाकिस्तानविरुद्धको खेल नेपाली टोलीले फ्लड लाइटमा खेल्ने पहिलो खेल हुनेभएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल २१ जुलाई अर्थात साउन ६ मा श्रीलंकाको डम्बुलामा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ ।

सन् २००७ मा मलेसियामा भएको एसीसी वमेन्स टुर्नामेन्टमा सहभागीता जनाउदै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको नेपाली टोलीले पहिलो पटक रात्रीकालीन अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिदैछ ।

नवौं संस्करणको एसीसी महिला एसिया कप आगामी जुलाई १९ बाट श्रीलंकामा सुरु हुदैछ । प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रको सहभागीता रहेको छ । सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियन भारतसँगै समूह ए मा रहेको छ । समूह ए मा नेपाल र भारतका अलावा पाकिस्तान र युएई छन् । प्रतियोगितामा नेपालको पहिलो खेल १९ जुलाईमा युएईविरुद्ध रहेको छ ।

उता, समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाइल्यान्ड छन् ।

तेस्रो पटक सहभागी पटक प्रतियोगितामा सहभागी हुन लागेको हो । यस अघि नेपालले २०१२ र २०१६ को एसिया कपमा सहभागीता जनाईसकेको थियो । यस प्रतियोगिताको तयारीका लागि नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]