महिला क्रिकेट टिम पुरस्कृत

nepal women's cricket team

युवा तथा खेलकुद मन्त्रालयले अक्टोबरमा हंगकंगमा सम्पन्न महिला बिश्वकप छनौट ( एसिया ) को उपविजेता नेपाली टिमलाई आज नगद सहित सम्मान गरेको छ l

आज एक कार्यक्रम बीच पुर्ब घोषणा अनुसार महिला टिमलाई जनही रु. २५ हजार रुपैया सहित खेलकुद मन्त्रि दलजित श्रीपालीले सम्मान गर्नु भयो l

थाईल्याण्ड पहिलो भएको प्रतियोगितामा नेपालले हंगकंग र चिनलाई पछि पार्दै महिला एसिया कप खेल्न छनौट भएको थियो जसपछि महिला टिमलाई जनही २५ हजार दिने मन्त्रालयले निर्णय गरेको थियो l

कार्यक्रममा मन्त्रि श्रीपालीले महिला एसिया कपमा खराब नतिजा ल्याएपनि अनवरत रुपमा खेलमा लाग्न प्रोत्साहन गर्नु भयो l महिला क्रिकेटको विकासको लागि नयाँ ढंगले अघि बढ्ने समेत बताउनु भयो l

थाईल्याण्डमा यसै साता सम्पन्न महिला एसिया कपमा नेपाल सबै खेलमा पराजित भएको थियो l

( फोटो : छुम्बी लामा )

यो पनि पढ्नुस : 

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]