महिला क्रिकेट टिम पुरस्कृत

युवा तथा खेलकुद मन्त्रालयले अक्टोबरमा हंगकंगमा सम्पन्न महिला बिश्वकप छनौट ( एसिया ) को उपविजेता नेपाली टिमलाई आज नगद सहित सम्मान गरेको छ l

आज एक कार्यक्रम बीच पुर्ब घोषणा अनुसार महिला टिमलाई जनही रु. २५ हजार रुपैया सहित खेलकुद मन्त्रि दलजित श्रीपालीले सम्मान गर्नु भयो l

थाईल्याण्ड पहिलो भएको प्रतियोगितामा नेपालले हंगकंग र चिनलाई पछि पार्दै महिला एसिया कप खेल्न छनौट भएको थियो जसपछि महिला टिमलाई जनही २५ हजार दिने मन्त्रालयले निर्णय गरेको थियो l

कार्यक्रममा मन्त्रि श्रीपालीले महिला एसिया कपमा खराब नतिजा ल्याएपनि अनवरत रुपमा खेलमा लाग्न प्रोत्साहन गर्नु भयो l महिला क्रिकेटको विकासको लागि नयाँ ढंगले अघि बढ्ने समेत बताउनु भयो l

थाईल्याण्डमा यसै साता सम्पन्न महिला एसिया कपमा नेपाल सबै खेलमा पराजित भएको थियो l

( फोटो : छुम्बी लामा )

यो पनि पढ्नुस : 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy