महिला टिमको कमजोर प्रदर्शन पछाडीको ५ कारण

Nepal womens cricket team

टेस्ट रास्ट्रहरु सहभागी एसीसी महिला टि-२० एसिया कपमा नेपाली टिमले चमत्कारिक प्रदर्शन गर्ने आशा सायदै गरिएको थियो तर यो हदसम्मको दुर्दशाको पनि कल्पना थिएन l गत महिना हंगकंगमा सम्पन्न बिश्वकप छनौट प्रतियोगिता ( एसिया क्षेत्र ) मा दोश्रो स्थान हातपारेको नेपाली टिमले यति चाडै त्यो प्रदर्शन बिर्साउने काम गर्दा धेरै प्रश्नहरु उठेका छन् l

नेपाली टिमले थाईल्याण्डमा गरेको कमजोर प्रदर्शनको विश्लेषण गर्न नेपाली टिमले बनाएको इतिहासकै कम टिम योगफल तथा प्रतियोगिताको ५ खेलमा मात्र ३ जना खेलाडीले मात्र दुई अंकमा रन बनाएको तथ्य पर्याप्त छ l भारतसंग इतिहासकै कुल टिम योगफल २१ तथा श्रीलंकासंग २३ रनमा समेटिएको नेपालको लागि ज्योति पाण्डेले बनाएको १६ रननै सर्बाधिक व्यक्तिगत स्कोर बन्नुले प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमको स्थितिको वर्णन गर्छ l

कमजोर प्रदर्शनपछि नेपाली महिला टिम आलोचनाको बिषय बन्दै गर्दा पर्दा पछाडीको वास्तविकता सबैले बुझ्नु जरुरि छ l निम्न बुंदाहरुमा ति कारणहरुलाई समेटेको छु l

 

  • १, प्रशिक्षक विवाद 

हंगकंग बिश्वकप छनौट-एसिया खेल्ने क्रममा प्रशिक्षक राजु बस्नेतले खेलाडीहरु माथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि थाईल्याण्ड जानु अघि प्रशिक्षक बस्नेत र नेपाली टिमनै विवादमा मुछिए l नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट तथा सोसल मिडियामा प्रशिक्षक बस्नेतबारे उक्त समाचार आएपछि महिला टिमको लय बिग्रियो l बस्नेतले आफु निर्दोष रहेको बताउदै पत्रकार सम्मेलन गरे जसमा कप्तान रुबिना सहित अन्य खेलाडीहरुले पनि साथ दिए l  ( पढ्नुस-  यौन दुर्व्यवहारको आरोप बारे यसो भन्छन् प्रशिक्षक बस्नेत ) 

समग्रमा हेर्दा यो घटनाको ल्यान्डिङ सुरक्षित देखिएपनि भित्रिरुपमा ठुलै भूकम्प ल्यायो l टिम थाईल्याण्ड जाने अन्तिम सम्ममा पनि प्रशिक्षकको टुंगो भएन भने अर्कोतिर घटनाले प्रशिक्षण पनि बिथोलियो l यस्तो अवस्थाले न प्रशिक्षक न खेलाडीहरु मानसिक रुपमा ठुलो प्रतियोगिताको लागि तयार हुनसके l खेलमा भन्दा विवादमा ध्यान जाँदा महिला टिम लथालिंग बन्यो l

  • २, प्रशिक्षण अबधि 

एसिया कप छनौट भएपछि नेपाली टिमले प्रतियोगिताको लागि मुस्किलले २ हफ्ता समय पायो l यति ठुलो प्रतियोगिताको लागि मात्र २ हफ्ता प्रशिक्षण अपर्याप्त थियो l त्यो समयमा पनि प्रशिक्षक विवादले गर्दा प्रशिक्षणलाई ठुलो असर गर्यो l बर्षभरि प्रशिक्षण गर्ने टेस्ट रास्ट्रहरु संग प्रतिस्पर्धा गर्न यति छोटो अबधिको तयारीले राम्रो प्रदर्शन गर्ने अपेक्षा कम थियो l

  • ३,  खै खेल ? खै खेल अभ्यास ? 

नेपाल क्रिकेट संघ कारबाहीमा रहेको अवस्थामा पुरुष र महिला दुवै टिमको छनौट खेल हुनपाएको छैन l बिश्वकप छनौटको एसिया छनौटको लागि रास्ट्रिय खेलकुद परिषदले हिलाम्मे टियु मैदानमा गराएको प्रतियोगिताको स्तर निकै नाजुक थियो l डेढ बर्ष अघि मात्रै महिला टिमले रास्ट्रिय प्रतियोगिता खेल्न पाएको थियो l रास्ट्रिय प्रतियोगिता बाहेक अन्य प्रतियोगिता नगन्य जस्तै हुने अवस्थामा खेलाडीहरुको स्तर बढ्ने, नयाँ खेलाडी उत्पादन हुन निकै मुस्किल छ l त्यो बाहेक नत महिला क्रिकेटरहरुलाई खेलमा लाग्न प्रोत्साहन छ नत सुबिधा l विभागीय टोलि एपीएफ नहुदो हो त महिला क्रिकेट मरणासन्न अवस्थामा नरहला भन्न सकिन्न l

img_5800

त्यो बाहेक पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानु अघि कम्तिमा पनि मैत्रीपूर्ण अभ्यास खेलहरु आयोजना पनि गरिदैन l सिक्न, स्तर सुधार गर्न खेल अभ्यास आवस्यक छ l नेपाली महिला टिमले एक्सपोजर अन्तर्राष्ट्रिय प्रतियोगितामानै सिमित हुँदा ठुलो प्रतियोगितामा लय पाउन पनि मुस्किल हुने गर्छ l हंगकंगमा खेल अभ्यासकै कमिले गर्दा पहिलो केहि खेल पछि मात्रै नेपालले राम्रो खेल्न सकेको थियो l

  • ४, निर्मला शाहीको अनुपस्थिति 

नेपाली टिममा पहिलो पटक स्थान बनाएकी निर्मला शाहीले आफुलाई अब्बल प्रमाणित गरिन् l हंगकंग बिश्वकप छनौट ( एसिया क्षेत्र ) मा अलराउण्ड प्रदर्शन गर्दै शाहीले कुल ९३ रन बनाउनुको साथै ८ विकेट पनि लिएकी थिईन l शाही प्रतियोगितामा नेपालको लागि दोश्रो सर्बाधिक रन बनाउने खेलाडी थिईन् जसको उपस्थितिले टोलिलाई मजबुत बनाएको थियो l शाही भारतीय यु-१९ र यु-२१ को अन्तिम २५ जनाको सुचिमा परेको खेलाडी समेत हुन् l

Nirmala Shahi
निर्मला शाही

भारतीय सेन्टर रेलवे टिमको जागिरे तथा खेलाडी शाही एसिया कप खेल्ने टोलिमा अनुपस्थित भईन् l उनि अनुपस्थित हुनुमा भारतमा खेल्ने क्रममा घाइते हुनु कारण देखाईयो l नेपाली टिम दोश्रो भएर एसिया कप खेल्न छनौट हुनुमा निर्मला शाहीको निकै ठुलो योगदान थियो जसको अनुपस्थितिले टोलिमा निकै ठुलो प्रभाब पार्यो l निर्मला उपस्थित भएको भए इतिहासकै कम स्कोरमा समेटिने स्थिति नआउन सक्थ्यो l

  • ५, प्रतियोगिताको स्तर     

नेपाली टिमले गरेको कमजोर प्रदर्शनको पछाडी प्रतियोगिताको स्तर पनि मुख्य कारण हो l भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्तो टेस्ट रास्ट्र भन्दा नेपालको स्तर तुलनानै गर्ने अवस्थामा छैन l टेस्ट रास्ट्रहरुसंग खेल्न पाउनुनै उपलब्धि भएको अवस्थामा नेपालले चुनौती दिनु निकै परको कुरा थियो l पहिलो पटक यति ठुलो रास्ट्रहरुसंग यति धेरै खेल खेल्न पाएको नेपाली महिला टिमलाई यो प्रतियोगिता पाठ सिक्ने र स्तर जाँच्ने अवस्था थियो l यति हुँदा हुँदै पनि यति लज्जास्पद प्रदर्शनको आशा भने गरिएको थिएन तर यति ठुलो रास्ट्र संग खेल्दा इतिहासकै कमजोर प्रदर्शन गर्नु पनि अस्चार्यजनक थिएन l

अन्त्यमा 

नेपाली टिमले नराम्रो खेल्नु एउटा पाटो हो तर नेपाली टिमले प्रतियोगितामा धेरै कुरा सिकेको कुरा अर्को पाटो l प्रतियोगिता खेल्न पाउनुले कुनै पनि टिमको क्षमता पहिचान गर्छ, कमजोरी र बलियो पक्ष थाहा हुन्छ, आफ्नो स्तर बुझिन्छ जसले आगामी दिनमा सुधार गर्नुपर्ने कुरा प्रस्ट हुन्छ l अहिलेनै नेपाली टिमले टेस्ट रास्ट्रहरुलाई पराजित गर्ने चाहना कसैको छैन तर टेस्ट रास्ट्र बाहेकको देशको आफ्नो अधिपत्य पुनः प्राप्त गर्न भने नेपाली टिम सक्षम छ l

२००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको महिला टिमले सिनियर र उमेर समुहमा सुरुवात देखि दबदबा कायम गरेको थियो जुन स्तर बीचमा आएर खस्किएको छ l पुनः महिला टिमले त्यही गुमको साख पाउन सम्बन्धित निकायले प्रोत्साहन गर्नु आवस्यक छ l प्रतियोगिता, प्रोत्साहन, एक्सपोजर पाउने हो भने महिला टिमसंग धेरै अघि बढ्ने क्षमता रहेको इतिहासले प्रमाणित गरीसकेको छ l

 

यो पनि पढ्नुस :-  

– भारतसंग हार्दा नेपालले राख्यो यस्तो रेकर्ड
– रुबिनालाई बिग ब्यासमा अवसर

 

 





थप समाचार

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]