सप्तरीमा महिला क्रिकेट टि-२० लिग आयोजना हुने

( फिचर फोटो – गत वर्ष पुषमा सप्तरीमा आयोजना भएको महिला क्रिकेट खेलको विजेता टिम)

गत वर्ष देखि सप्तरी प्रिमियर लिग टि-२० प्रतियोगिताको थालनी भएको सप्तरीमा अब महिला क्रिकेटको समेत टि-२० लिग आयोजना हुने भएको छ।

सप्तरी प्रिमियर लिग टि-२० ( पुरुष )  को दोश्रो संस्करण असारमा आयोजना हुने बताईएको छ जसको लागि खेलाडी चयन अक्सनबाट गरिंदैछ।

महिला क्रिकेटको विकासको लागि समेत अब महिला टि-२० लिग आयोजना गर्न लागिएको सप्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले विकेटनेपाललाई जानकारी गराएका छन्।

महिला टि-२० लिग असारको पहिलो साता पबी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा आयोजना हुने जसको लागि पनि खेलाडी चयन अक्सनबाट गरिने छ।

प्रतियोगिताको आयोजना सबल नेपालले सेभ द चिल्ड्रेन र सप्तरी क्रिकेट संघको सहकार्यमा गर्न लागिएको श्रेष्ठले बताए। महिला टि-२० लिगमा ३ वटा टिम सहभागी हुनेछन् जसको नाम छिट्टै सार्वजनिक गरिनेछ।

लिगको लागि खेलाडी छनौट गर्न  लिंकमा क्लिक गरेर फर्म भर्नसक्नेछन्।

यस अघि पनि सबल नेपालले महिला क्रिकेट खेलाडीहरु उत्पादन गर्न विशेष प्रशिक्षण कार्यक्रम गरेको थियो जसमा राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रमुख प्रशिक्षक जगत टमाटा तथा मेहबुब आलम जस्ता खेलाडीहरुले प्रशिक्षण दिएका थिए

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy