वुमेन्स टी-२० लिगको मिति र स्थान परिवर्तन

  • विकेटनेपाल, चैत-२८  

बिराटनगरमा बैशाख ७ गते देखि २४ गते सम्म आयोजना हुने भनिएको वोमेन्स टि-२० लिग प्रतियोगिताको मिति र स्थान परिवर्तन गरिएको छ।

एनसीएल स्पोर्ट्स प्रालिले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै अब प्रतियोगिता नयाँ मिति जेष्ठ ६ गते देखि १३ गतेसम्म आयोजना हुने घोषणा गरेको छ। यस्तै बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगिता अब काठमाडौँ किर्तिपुर स्थित टियु मैदानमा हुने आयोजना भएको छ।

प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषदसंग मैदान बुकिङ्ग गरिसकिएको समेत आयोजकले बताएको छ।

“राखेपद्वारा आयोजना हुँदै गरेको आठौँ रास्ट्रीय खेलकुद अन्तर्गतको ‘महिला क्रिकेट’ को मिति यस अघिको वोमेन्स टि२० क्रिकेट लिगको मिति सङ्ग जुधेको कारण नयाँ मिति सार्वजनिक गरिएको हो।  बिराटनगरको तापक्रम सङ्गै अन्य मौसम यो सिजनमा क्रिकेट प्रतियोगिता संचालन गर्न योग्य नहुने सुझाव प्रतियोगिताको प्राबिधिक समिति, टिम मलक, टिमका मार्की खेलाडीहरु सङ्गै सम्पुर्ण क्रिकेट सम्बद्ध व्यक्ति/संस्थाहरुको सुझावका कारण प्रतियोगिता काठमाडौमा गर्ने निर्णय भएको हो” आयोजकले प्रेस बिज्ञप्तिमा लेखेको छ।

 

प्रतियोगितामा ४ वटा फ़्रेञ्चाइज टोलि सहभागी हुँदैछ जसमा रुबिना क्षेत्री मार्की खेलाडी रहेको भैरहवा क्विन्स, करुना भण्डारी मार्की खेलाडी रहेको बिराटनगर रोअरिङ्ग लायन्स, सिता राना मगर मार्की खेलाडी रहेको धनगढी वण्डर वोमेन्स र नेरी थापा मार्की खेलाडी रहेको काठमाडौँ सुपर च्याम्पियन्स रहेका छन्।

सहभागी टोलीका मालिकहरु दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

लिगमा खेल्ने खेलाडीहरु चयन गर्न यसै महिना अक्सन आयोजना गरिसकिएको छ जसबाट ५२ खेलाडीहरु बिभिन्न टिमले चयन गरिसकेका छन्।

अक्सनमा सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावललाई भैरहवा क्विन्स, काजल श्रेष्ठ र अप्सरी बेगमलाई बिराटनगर रोअरिंग लायन्स, कबिता कुँवर र ज्योति पाण्डेलाई धनगढी वन्डर वोमन र सरिता मगर, ममता चौधरी र रोमा थापालाई काठमाडौं सुपर च्याम्पियन्सले ७५ हजार रुपैयाँमा खरिद गरेको थियो।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy