समुह चरणको अन्तिम खेलमा नेपाल र थाइल्याण्ड ए भिड्दै : महिला टि-२० स्म्याश

  • विकेटनेपाल – २ माघ, बुधवार

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि-२० स्म्याश क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले बुधवार समुह चरणको अन्तिम खेल खेल्दैछ।

समुह चरणको चौथो तथा अन्तिम खेलमा नेपालले थाइल्याण्ड “ए” टोलीको सामना गर्नेछ। सुरुवाती ३ खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेको नेपालले अन्तिम खेल समेत जितेमा समुह ‘ए’ को बिजेता बन्नेछ। नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्।

थाइल्याण्डको राजधानी बैंगकक् मा संचालन हुने खेल नेपाली समय अनुसार बिहान ८ : १५ बजे बाट सुरु हुनेछ। खेलको भिडियो लाइभ कुनैपनि च्यानलमा हुनेछैन। स्कोर अपडेट र अन्य जानकारी भने विकेटनेपालबाट लिन सकिनेछ।

प्रतियोगितामा नेपालको प्रदर्शन : 

बिनोद दासको प्रशिक्षणमा रहेको नेपाली महिला टोलीले यस प्रतियोगितामा अत्यन्तै उत्कृस्ट खेल प्रदर्शन गरिरहेको छ। आफ्नो पहिलो खेलमा चिन बिरुद्ध १० विकेटको सानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै तेस्रो खेलमा नेपालले बलियो बिपक्षि मानिएको युएई बिरुद्ध ६ विकेटको सानदार जित निकाल्न सफल भयो।

Nepal Women's Cricket Team
Nepal Women’s Cricket Team

प्रतियोगितामा नेपालका लागि ब्याटिंग तर्फ सिता राना मगरले ३ खेलमा कुल ७७ रन प्रहार गरेकी छिन्। युएई बिरुद्ध प्लेयर अफ दी म्याच समेत बनेकी उनले बलिंगतर्फ समेत ३ खेलमा २ विकेट हात पारेकी छिन्। यस्तै नेपालको ब्याटिंगमा अर्की ओपनर काजोल श्रेष्टले ३ खेलमा ४५ रन प्रहार गरेकी छिन्।

बलिंगतर्फ नेपालका लागि प्रतियोगितामा सरिता मगरले र करुना भण्डारीले ३ खेलमा समान ४ – ४ विकेट लिएका छन्। टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै लगातार रुपमा ३ खेल जितेको नेपाली महिला टोली र थाइल्याण्ड ए बिरुद्धको खेल भने टि-२० अन्तर्राष्ट्रिय हुनेछैन।

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुना भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल  अतिरिक्त खेलाडी – रितु कनौजिया, ,सुमन बिस्ट, सबनम राई , सपोर्ट स्टाफ – बिनोद दास ( प्रशिक्षक )  अमृता पौडेल ( व्यवस्थापक ) , सकुना दानी ( फिजीयो )

बिश्वकप छनौट एसिया खेल्दै नेपाली महिला टिम 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास २०१९ मा सहभागिता जनाए पछि नेपाली महिला टिमले फेब्रुवरी १८ देखि २७ तारिकसम्म ( फाल्गुन ५- १५ गते ) थाईल्याण्डमानै आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिता खेल्नेछ।

महिला टि-२० बिश्व कप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड, चिन, हंगकंग, कुवेत, मलेसिया र युएई गरि कुल ७ टोलि सहभागी हुँदैछन्। राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) खेल्न छनौट हुनेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]