महिला विश्वकप छनोट : चीन विरुद्ध ‘लो स्कोरिङ’ खेलमा नेपाल ५ रनले विजयी

थाइल्याण्डमा भइरहेको आइसिसी महिला विश्वकप एसियाली छनोटमा नेपालले चौथो जित हात पारे। सोमवार भएको लो स्कोरिङ खेलमा नेपालले ५ रनको रोमाञ्चक जित हात पारेको हो।

गत जनवरीमा थाइल्याण्डमै भएको टी २० स्म्यासमा नेपालले चीनमाथि १० विकेटको शानदार जित हात पारेको थियो। तर यस पटक ब्याटिङ कमजोर बन्दा नेपालले खेल जित्न नै संघर्ष गर्नपर्‍यो।

बैंककस्थित टेर्ड थाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो।

जवाफमा ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ओभर खेल्दा ६ विकेट गुमाएर ७२ रन मात्र बनाउन सकेपछि नेपालले जित हात पारेको हो।

नेपालको लागि ओपनर काजोल श्रेष्ठले सर्वाधिक १८, उपकप्तान सीता राना मगरले ११ र विन्दुर रावलले १० रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रक स्कोर गर्न सकेनन्। चीनकी वाङ मेङ र हान लिलीले २-२ विकेट लिए।

साइयसन झोउ र झाङ मेइले चौथो विकेटका लागि ३८ रनको साझेदारी गर्दै चीनलाई जिततर्फ अगाडि बढाएपनि अन्तिम दुई ओभरमा चीनले ३ विकेट गुमाएपछि नेपालको जित सम्मव भएको हो।

अन्तिम दुई ओभरमा चीनलाई जितका लागि २१ रन चाहिएको थियो। तर चीनले १२ बलमा ३ विकेट गुमाएर १५ रन मात्र बनाउन सक्यो।

चीनका लागि झाङ मेइले ३९ बल खेल्दै २ चौकाको मद्दतमा ३३ रन बनाइन्। नेपालकी सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्। कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन्।

एसियाली छनोटमा ५ खेलपछि घरेलु टोली थाइल्याण्ड अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा छ। ४ जित र १ हारको नतिजा निकालेको नेपाल र युएईको समान ८ अंक छ। समान अंक भएपनि राम्रो रनरेटको आधारमा युएई नेपालभन्दा अगाडि छ।

युएईलाई हराएको नेपाल थाइल्याण्डसँग भने पराजित भएको थियो। लिगको अन्तिम खेलमा अब थाइल्याण्ड र युएई तथा नेपाल र कुवेतबीच खेल हुनेछ।

यस एसिया क्षेत्रबाट एक टिम मात्र टी २० र वानडे दुवैको ग्लोबल क्वालिफायरमा छनोट हुने हुँदा नेपालको सम्भावना भने झिनो बनेको छ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]