महिला टिमको दशैँ उपहार

Nepal womens cricket team

महिला बिश्वकप छनौट – एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो जित निकाल्ने क्रममा चिन बिरुद्ध २० रनको जित हात पारेको छ l  हेर्नुस स्कोरकार्ड 

नेपालीहरुको प्रमुख चाड बिजया दशमीको दिन मैदानमा उत्रेको नेपाली टिमले जित मार्फत समस्त नेपालीलाई बिशेष उपहार दिएको हो l

हंगकंग र थाईल्याण्ड संग पहिलो २ खेलमा हार बेहोरेको नेपाली टिम तेश्रो जितको साथ समुह तालिकामा तेश्रो स्थानमा समेत उक्लेको छ l हंगकंग ३ खेलमा ३ जितको साथ पहिलो , थाईल्याण्ड ३ खेलमा २ जित र १ हारका साथ दोश्रो स्थानमा छ l चिनले कुनै पनि खेल जित्न सकेको छैन र अन्तिम स्थानमा छ l

अंकतालिका हेर्नुस 

काउलुन क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गरेको थियो l पछिल्लो २ खेलमै उत्कृस्ट प्रदर्शन गरेकी निर्मला शाही १४ रनमा आउट हुन ३२/३ को स्थितिमा पुगेको नेपाली टिमको इनिंगलाई नेरी थापाले उकासिन् l ओपनर काजोल श्रेष्ठ २ , सिता राना मगर ६ मा आउट भएका थिए l

जित पछि सेल्फी l फोटो : ZapStudio Hk
जित पछि सेल्फी l फोटो : ZapStudio Hk

नेरीले आफ्नो पुरानो फर्म दोहोर्याउने क्रममा जिम्मेवारीपूर्ण ब्याटिंग गर्दै ४२ बलमा ३८ रन प्रहार गर्ने क्रममा २ चौका र २ छक्का प्रहार गरिन् l ज्योति पाण्डे र नेरी थापाले पाचौ विकेटको लागि ३५ रनको साझेदारी गरेका थिए l पाण्डेले १० रन प्रहार गरिन् l १५ रन नेपालले अतिरिक्तको रुपमा पायो l

चिनी बलर यिंगयिंगले ५ तथा जीले २ विकेट हात पारिन् l

प्रतिउत्तरमा चिनले खुलेर ब्याटिंग गर्न सकेन र पुरै २० ओभरमा ७३/८ मात्रै बनाउन सक्यो l कसिलो बलिंग गरेको नेपालको लागि सिता राना मगरले ३ विकेट हात पारिन् भने सबनम राईले २ तथा इन्दु बर्मा र सिता मगरले १/१ विकेट आफ्नो नाम गरिन् l

खेलको उत्कृस्ट खेलाडी यिंगयिंग घोषित भईन् l

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]