महिला टिमको दशैँ उपहार

महिला बिश्वकप छनौट – एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो जित निकाल्ने क्रममा चिन बिरुद्ध २० रनको जित हात पारेको छ l  हेर्नुस स्कोरकार्ड 

नेपालीहरुको प्रमुख चाड बिजया दशमीको दिन मैदानमा उत्रेको नेपाली टिमले जित मार्फत समस्त नेपालीलाई बिशेष उपहार दिएको हो l

हंगकंग र थाईल्याण्ड संग पहिलो २ खेलमा हार बेहोरेको नेपाली टिम तेश्रो जितको साथ समुह तालिकामा तेश्रो स्थानमा समेत उक्लेको छ l हंगकंग ३ खेलमा ३ जितको साथ पहिलो , थाईल्याण्ड ३ खेलमा २ जित र १ हारका साथ दोश्रो स्थानमा छ l चिनले कुनै पनि खेल जित्न सकेको छैन र अन्तिम स्थानमा छ l

अंकतालिका हेर्नुस 

काउलुन क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गरेको थियो l पछिल्लो २ खेलमै उत्कृस्ट प्रदर्शन गरेकी निर्मला शाही १४ रनमा आउट हुन ३२/३ को स्थितिमा पुगेको नेपाली टिमको इनिंगलाई नेरी थापाले उकासिन् l ओपनर काजोल श्रेष्ठ २ , सिता राना मगर ६ मा आउट भएका थिए l

जित पछि सेल्फी l फोटो : ZapStudio Hk
जित पछि सेल्फी l फोटो : ZapStudio Hk

नेरीले आफ्नो पुरानो फर्म दोहोर्याउने क्रममा जिम्मेवारीपूर्ण ब्याटिंग गर्दै ४२ बलमा ३८ रन प्रहार गर्ने क्रममा २ चौका र २ छक्का प्रहार गरिन् l ज्योति पाण्डे र नेरी थापाले पाचौ विकेटको लागि ३५ रनको साझेदारी गरेका थिए l पाण्डेले १० रन प्रहार गरिन् l १५ रन नेपालले अतिरिक्तको रुपमा पायो l

चिनी बलर यिंगयिंगले ५ तथा जीले २ विकेट हात पारिन् l

प्रतिउत्तरमा चिनले खुलेर ब्याटिंग गर्न सकेन र पुरै २० ओभरमा ७३/८ मात्रै बनाउन सक्यो l कसिलो बलिंग गरेको नेपालको लागि सिता राना मगरले ३ विकेट हात पारिन् भने सबनम राईले २ तथा इन्दु बर्मा र सिता मगरले १/१ विकेट आफ्नो नाम गरिन् l

खेलको उत्कृस्ट खेलाडी यिंगयिंग घोषित भईन् l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy