विदेशी क्रिकेटरलाई अनिवार्य श्रम स्वीकृती

  • विकेटनेपाल, माघ २२ – मंगलबार

नेपालका विभिन्न घरेलु क्रिकेट लिगहरु खेल्न आउने विदेशी खेलाडीहरुले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेखेर विदेशी खेलाडीहरुको अनिवार्य रुपमा श्रम सम्झौता भईसकेपछी मात्र घरेलु प्रतियोगितामा सहभागी गराउन अनुरोध गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा ब्यबसायजन्य बिभागका शाखा अधिकृत कृष्णहरि न्यौपानेद्वारा हस्ताक्षर गरिएको पत्रमा राखेपलाई सम्पूर्ण खेलाडीहरुको श्रम सम्झौता रहे-नरहेको चेकजाँच गर्न भनिएको छ।

श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार विदेशी खेलाडीहरुले अनिवार्य रुपमा श्रम सम्झौता लिनुपर्ने तर यसअघि श्रम सम्झौता नलिएको पाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा उजुरी परेपछि यस बिषयमा चासो दिइएको हो।

बिदेशी खेलाडीहरुलाई घरेलु क्रिकेटमा सहभागी गराउन प्रतियोगिताले समेत आइसीसीको अनुमति लिनुपर्छ भने खेलाडीहरु सहभागि हुन श्रम सम्झौता गर्नुपर्छ। श्रम सम्झौतापछी खेलाडीहरुले सरकारलाई नियमअनुसार कर तिर्नुपर्ने हुन्छ।

(Featured Image: moless.gov.np)





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]