विश्वकप खेल्ने सबै देशको टिम घोषणा, कुन टिममा को-को छन् खेलाडी

  • विकेटनेपाल, बैशाख १६ – सोमबार

सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता यहि मे ३० देखि इंग्ल्याण्डमा सुरु हुँदैछ। क्रिकेट महोत्सव सुरु हुन मात्र एक महिना बाँकी रहंदा प्रतियोगितामा सहभागी हुने सम्पूर्ण १० राष्ट्रहरुले आ-आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेका छन्।

सहभागी राष्ट्रहरुले आफ्नो टिमको घोषणा गरिसके पनि मे २३ अर्थात प्रतियोगिता सुरु हुनु एक हप्ता अघिसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई जानकारी नगराई फेरबदल गर्न पाउनेछन्। त्यसपछि टिममा परिवर्तन गर्नको लागि आइसीसीको अनुमति लिनुपर्ने हुन्छ र बिशेष परिस्थितिमा मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ।

जुलाई १० गते इंग्ल्याण्डको विश्व प्रसिद्द लर्ड्स क्रिकेट मैदानमा फाइनल खेल हुनेछ।

सम्पूर्ण देशहरुको १५ सदस्यीय टिम यस्तो छ:

अफगानिस्तान: गुल्बदीन नइब (कप्तान), मोहम्मद शेहजाद (विकेटकिपर), नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हाश्मतुल्लाह शहिदी, नजिब जद्रान, शमिउल्लाह सिनवारी, मोहम्मद नाबी,  राशिद खान (उप-कप्तान), दवलत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब उर्-रहमान

Image

अष्ट्रेलिया: एरोन फिंच (कप्तान), जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा

Image

बंगलादेश: मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

Image

इंग्ल्याण्ड: इयान मोर्गान (कप्तान), मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, जोए डेन्ली,  लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, डेविड विली, क्रिस वक्स, मार्क वुड

इंग्ल्याण्डले १५ सदस्यीय टिमको घोषणा गरेको भएपनि एलेक्स हेल्सलाई लागु औषध सेवन गर्दा विश्वकप खेल्ने प्रारम्भिक टोलीबाट हटाइएको छ (पुरा जानकारी)

Image

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

Image

न्युजिल्यान्ड:  केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

Image

पाकिस्तान: सर्फराज अहमद (कप्तान), फकर जमान, इमाम उल हक, अबिद अलि, बाबर अजाम, शोएब मल्लिक, मोहम्मद हाफिज (फिटनेस टेस्ट हुन बाँकी), शदाब खान, इमाद वासिम, ह्यारिस सोहेल, हसन अलि, फहीम अश्रफ, शहीन अफ्रिदी, जुनैद खान, मोहम्मद हस्नैन

दक्षिण अफ्रिका: फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डि कक्, हसिम अमला, रस्सी भान डर डसेन, डेविड मिलर, एण्डिले फेह्लुक्वायो, जेपी डुमिनि, ड्वैन प्रेटोरियस, डेल स्टेन, कागीसो रबाडा, लुङ्गी एन्गिडी, एन्रिच नोर्ट्जे, इमरान ताहिर, त्रबिज साम्सी

श्रीलंका: दिमुथ करुणारत्ने (कप्तान), आविष्का फर्नान्डो, लाहिरु थिरिमाने, कुसल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डि शिल्भा, जेफ्फेरी भन्डेर्से, थिसरा परेरा, इसुरु उदना, लासिथ मालिंगा, सुरंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस, मिलिण्डा सिरिवर्दाना

Image

वेस्ट इन्डिज: जेसन होल्डर (कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कोट्रेल, शन्नन गब्रिअल, केमार रोच, निकोलस पुरन, अश्ले नर्स, फबियन एलेन, शिम्रोन हेट्मायर, साई होप, ओशाने थोमस, कार्लोस ब्राथवेट

Image

कुन टिम लाग्यो सबैभन्दा बलियो ?

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy