विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ ।

नेपाल दोस्रो पटक विश्वकपमा सहभागीता जनाउँन लागेको हो । यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेदरल्यान्ड्स

विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ ।

नेदरल्यान्ड्सले हालसम्म ५ वटा संस्करणको विश्वकपमा सहभागीता जनाएको छ । विश्वकपका जम्मा २३ खेल खेलको नेदरल्यान्ड्सले ९ मा जित १३ मा तथा १ खेल नतिजा बिहिन रुपमा समाप्त गरेको छ ।

नेदरल्यान्ड्सले स्कट एडवड्र्सको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । अनुभवी अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानले डच टोलीमा रहेका छैनन् । टिम चयनकर्ताहरूले बायाँ हाते स्पिनर टिम प्रिङ्गल, युवा सीमर काइल क्लेन र हार्ड हिटिंग ओपनर माइकल लेविटलाई टोलीमा छनौट गरेका छन् ।

नेदरल्यान्ड्सको टोली

स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लिड, डेनियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओुडाउड, माइकल लेविट, पल भान मीकेरेन, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, टिम प्रिङ्गल, विक्रम सिंह, भिभ किङ्मा र वेस्ले बेरेसी ।

श्रीलंका

विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

२०१४ को विश्वकप च्याम्पियन श्रीलंकाले आठ वटै संस्करणमा सहभागीता जनाएको छ । विश्वकपमा श्रीलंकाले ५१ खेल खेलेकोमा ३१ मा जित, १९ मा हार तथा १ खेल बराबरी खेलेको छ ।

वानिन्दु हसरंगाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । श्रीलंकाले अनुभवी एन्जेलो म्याथ्युजलाई टिममा समावेश गरेको छ । उनले तीन वर्षको अनुपस्थितिपछि यसै वर्षको जनवरीमा टी-२० मा पुनरागमन गरेका थिए । सन् २०१४ मा श्रीलंका च्याम्पियन बन्दा टोलीका सदस्य रहेका म्याथ्युजको यो छैटौं टी–२० विश्वकप हो ।

श्रीलंकाको टोली

वानिन्दु हसरंगा (कप्तान), चरिथ असलंका, कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा समरविक्रमा, एन्जेलो म्याथ्यूज, दासुन शनका, धनञ्जय डी सिल्भा, महेश थेक्शाना, दुनिथ वेलेलेज, दुष्मंथा चमीरा, नुवान तुषारा, मथिशा पाथिराना र दिलशान मदुशङ्का

दक्षिण अफ्रिका

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।

२००९ र २०१४ को विश्वकपमा सेमिफाइनल यात्रा गरेको दक्षिण अफ्रिकासँग नेपालले कुनै पनि फर्म्याटमा पहिलो पटक खेल्दैछ । विश्वकपका सबै संस्करणमा सहभागीता जनाएको दक्षिण अफ्रिकाले ४० खेल खेलेको छ । ४० खेलमा २४ मा जित र १५ मा हार व्यहोर्दा १ खेल भने नतिजाबिहिन टुगांएको छ ।

एडेन माक्ररमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । ढाडको चोटका कारण सेप्टेम्बर २०२३ देखि अन्तर्राष्ट्रिय खेलबाट बाहिर रहेका एनरिच नोर्ट्जेले टोलीमा पुनरागमन गरेका छन् ।

रायन रिकेल्टन र ओटनिएल बार्टम्यानले हालैको एसए-२० लिगमा प्रदर्शनबाट फाइदा उठाएर पहिलो पटक टोलीमा स्थान बनाएका छन् । रिकल्टनले एमआई केपटाउनका लागि ५३० रन बनाएका थिए भने बार्टम्यानले सनराइजर्स इस्टर्न केपका लागि आठ खेलमा १८ विकेट लिएका थिए।

दक्षिण अफ्रीकाको टोली

एडेन माक्ररम (कप्तान), ओटनिएल बार्टमैन, जेराल्ड कोएट्जी, क्विंटन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेंड्रिक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रेयान रिकेल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स।

रिजर्व नांद्रे बर्गर र लुंगी एनगिडी।

बंगलादेश

विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

बंगलादेशले हालसम्म भएका विश्वकपको सबै संस्करणमा सहभागीता जनाएको छ । विश्वकपमा बंगलादेशले ३८ खेल खेलेकोमा ९ मा जित तथा २८ मा हार व्यहोर्दा १ खेल नतिजाबिहिन रुपमा समाप्त गरेको थियो ।

बंगलादेशले नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । भने, दुई खेलाडीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

बंगलादेशको टोली

नजमुल हुसैन शान्तो (कप्तान), तस्किन अहमद, लिन्टन दास, सौम्य सरकार, तन्जिद हसन तमीम, शाकिब अल हसन, तौहिद हृदय, महमुद उल्लाह रियाद, जाकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशद हुसैन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तंजिम हसन साकिब

ट्राभलिङ रिजर्व – अफिफ हुसैन, हसन महमूद

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोली नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]